alliance khabar

सोमबार, पुष २८, २०८२

काठमाडौँ, पुस २८ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यकाअनुसार राष्ट्रपति पौडेलले नेपालको सविधानको धारा ९३ को उपधारा (१) बमोजिम सोमबारको मन्त्रिपरिषद्को सिफारिसमा आउँदो आइतबार बिहान ११ बजे सङ्घीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रवक्ता शाक्यद्वारा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ पुस २८ को सिफारिसमा संवत् २०८२ साल माघ ४ गते आइतबारका दिन ११ बजे सङ्घीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल