alliance khabar

शनिबार, पुष २६, २०८२

खजुरा, पुस २६ गते ।

मानव अधिकारवादी संस्था एडभोकेसी फोरम नेपालले बाँकेको डुडुवा आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा कानुनी विवादमा परेका बालकहरूका लागि खेलकुद तथा पाठ्यसामग्री सहयोग गरेको छ ।

सुधारगृहमा पर्याप्त पाठ्यसामग्री र खेलकुद सामग्रीको अभाव भएपछि त्यहाँ रहेका बालकहरूले लिखित रूपमा सहयोगको अनुरोध गरेका थिए । सुधारगृह प्रशासन र बालकहरूको संयुक्त अनुरोधपछि फोरमले करिब १७ हजार रुपियाँभन्दा बढी मूल्यका सामग्री उपलब्ध गराएको हो ।

भलिबल, फुटबल, पुस्तक, कापी, कलम लगायतका सामग्री प्रदान गरिएको छ । शैक्षिक सामग्रीमा सामान्य ज्ञानका पुस्तकदेखि धार्मिक पुस्तकसम्म समावेश गरिएको एडभोकेसी फोरमले जनाएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रम कानुनी विवादमा परेका बालकहरूको उपस्थिति तथा सुधारगृहका जग्गादाता समाजसेवी जयकेस सिंहको रोहबरमा सम्पन्न भएको थियो । कार्यक्रममा एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले जयेन्दु बाल सुधारगृहका प्रमुख किशोर शर्मालाई सामग्री हस्तान्तरण गर्नुभयो ।

सुधारगृह प्रमुख किशोर शर्माले फोरमको सहयोगले बालकलाई पढाइ र मनोरञ्जन दुबैमा सहयोग पुगेको बताउनुभयो । “यस प्रकारको सहयोगले बालकहरूको दैनिकी सहज बनेको छ । मानसिक रूपमा पनि सकारात्मक प्रभाव परेको छ” उहाँले भन्नुभयो । फोरमको सहयोगले सुधारगृह प्रशासनलाई समेत ठुलो राहत मिलेको उहाँको भनाइ छ ।

सुधारगृहमा विद्यालय सञ्चालन गर्न नेपालगन्ज उच्च अदालतले परमादेश जारी गरिसकेको भए पनि हालसम्म उक्त आदेश कार्यान्वयन हुन नसकेको अधिवक्ता गौतमले जानकारी दिनुभयो ।

स्वीकृत विद्यालय सञ्चालन नहुँदा त्यहाँ रहेका बालकको औपचारिक पढाइमा प्रत्यक्ष असर परेको तथा आवश्यक पूर्वाधार, शिक्षा, स्वास्थ्य र मनोरञ्जनको समुचित व्यवस्था नहुँदा धेरै बालकहरू समयको सदुपयोग गर्न नपाइ त्यतिकै बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

कानुनी विवादमा परेका दुईजना बालकलाई शैक्षिक सहयोग गरेको संयोजक अधिवक्ता गौतमले जानकारी दिनुभयो । सुधारगृहमा विद्यालय नहुँदा बालकहरू माध्यमिक तथा उच्च शिक्षाका लागि सुधारगृह बाहिरका निजी तथा सरकारी शैक्षिक संस्थामा व्यक्तिगत रूपमा शुल्क तिरेर अध्ययन गर्न बाध्य रहेका उहाँले बताउुनभयो ।

कमजोर आर्थिक अवस्थाका कारण पढाइ निरन्तरता दिन नसक्ने अवस्थाका दुई बालकलाई फोरमले अध्ययनमा सहयोग गरेको उहाँको भनाइ छ । एडभोकेसी फोरम नेपालले यसअघि पनि सुधारगृहमा रहेका बालकको लागि शिक्षा, स्वास्थ्य, पारिवारिक पुनर्मिलन तथा पुनस्र्थापनामा सहयोग गर्दैआएको जनाएको छ ।

हाल जयेन्दु बाल सुधारगृहमा १७६ जना बालक रहेका छन् । तीमध्ये १८ वर्षमुनिका ९५ जना र १८ वर्षमाथिका ८१ जना कानुनी विवादमा परेका बालकहरू रहेका छन् । सुधारगृहको क्षमताभन्दा बढी बालक राखिँदा आवश्यक सेवा र व्यवस्थापनमा समस्या देखिने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल