alliance khabar

बुधबार, पुष २३, २०८२

रेसुङ्गा (गुल्मी), पुस २३ गते ।

गुल्मीको मझेङ खानेपानी योजनाको सफल परीक्षण गरिएको छ । रेसुङ्गा–भाडगाउँ–मझेङखोला लिफ्ट खानेपानी योजना २०७७ असोज २३ गते निर्माण सम्झौता भएको थियो ।

यो योजना सम्झौता अनुसार २०७९ असोज २८ सम्ममा सकिनुपथ्र्यो तर करिब पाँच वर्ष हुँदासम्म पूरा भएको छैन । अहिले पहिलो चरणको काम सकिएको हो । गत भदौमा यो आयोजना सङ्घीय खानेपानी आयोजना डिभिजन कार्यालय अर्घाखाँचीबाट खानेपानी तथा ढल व्यावस्थापन कार्यालय रुपन्देहीमा हस्तान्तरण भएको छ । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रुपन्देहीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर अतुलेशकुमार कर्णका अनुसार अहिलेसम्म करिब ९० प्रतिशत भौतिक र ८८ प्रतिशत आर्थिक प्रगति भएको छ ।

कनकाई जयमाता जेभी प्रालिसँग २५ करोड १२ लाख ७१ हजार रुपियाँमा खानेपानी आयोजना निर्माणको सम्झौता भएको थियो । कार्यालय प्रमुख कर्णका अनुसार अहिलेसम्म इन्टेक, फिल्टर, पम्पिङ स्टेसन, १२५ घनमिटरका तीन वटा, ५० घनमिटरका तीन, २५ घनमिटरका तीन र २० घनमिटरका दुई वटा गरी ट्याङ्की निर्माण र पाइपलाइनको काम भएको छ । योजनाका पाँच वटा स्टेसन छन् । अहिलेसम्म निर्माण व्यवसायीले छ पटक म्याद थप गरेर पहिलो चरणको काम गरेका छन् । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रुपन्देहीका प्रमुख कर्णले घर घरमा पानी वितरणका लागि अझै करिब १८ करोड रुपियाँ बजेट आवश्यक पर्ने बताउनुभयो । त्यसका लागि फाइल विभाग हुँदै अर्थ मन्त्रालय गएकाले बजेटको स्रोत सुनिश्चित हुनेबित्तिकै कामको ठेक्का प्रक्रिया अगाडि बढ्ने कर्णले बताउनुभयो । आयोजनाको काम सम्पन्न भएपछि प्रतिसेकेन्ड २८ लिटर पानी उपलब्ध हुने बताइएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले मझेङको खानेपानीको सफल परीक्षण भएकाले निकट समयमा घर घरमा विस्तार हुने बताउनुभयो । जनताले खानेपानीको लामो समय प्रतीक्षा गरिरहेकाले मन्त्रालय, विभागमा छलफल गर्ने र निर्माण व्यवसायीलाई निरन्तर ताकिता गरेर थप कामका लागि अझै लागिरहेको पन्थीले बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाका १३ वडामा खानेपानीको पहुँच पुर्‍याउन रेसुङ्गा–भाडगाउँ–मझेङखोला खानेपानी आयोजना समयमै नसकिएपछि स्थानीय निराश छन् । रेसुङ्गा नगरपालिका–७ का भेषबहादुर केसीले आयोजना सुरु भएको आधा दशक बितेकाले चुनावी फन्डा जस्तो बनाइएको बताउनुभयो ।

रेसुङ्गा नगरपालिका–८ र ९ मा डिप बोरिङमार्फत खानेपानीको तत्कालको सङ्कट समाधान गरिएको छ । डिप बोरिङभन्दा पहिले सुक्खा समयमा नगरपालिकाले ट्याङ्करमा पानी बोकेर वितरण गर्ने अवस्था आएको थियो । यसका कारण रेसुङ्गा–भाडगाउँ–मझेङखोला खानेपानी योजना निर्माणको खबरले स्थानीय निकै उत्साहित थिए । यो योजनाले रेसुङ्गा नगरपालिकाको एउटा वडाबाहेक अरू सबै वडामा खानेपानीको सेवा पुग्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल