alliance khabar

मंगलबार, पुष २२, २०८२

ताप्लेजुङ, पुस २२ गते ।

 ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले खेती (कृषि कर्म) गर्न चाहाने किसानलाई सहयोग गर्ने भएको छ । अर्काको जग्गा भाडामा लिएर खेती गर्न चाहाने किसानलाई गाउँपालिकाले अनुदान सहयोग गर्ने भएको हो ।

खेती अर्थात् कृषि कर्म गर्न चाहाने किसानलाई गाउँपालिकाले वार्षिक एक लाख रुपियाँसम्म अनुदान सहयोग गर्ने भएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार खेती गर्ने किसानले तिर्नुपर्ने जग्गाको भाडाबापतको रकम तिर्नका लागि किसानलाई अनुदान सहयोग गरिने भएको हो ।

जग्गा भाडामा लिएर नगदेबाली, फलफूल र तरकारी खेती गर्न इच्छुक किसानलाई वार्षिक एक लाख रुपियाँसम्म अनुदान उपलब्ध गराउने भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । किसानलाई खेतीप्रति आकर्षण बढाउन साथै व्यावसायिक खेती प्रणालीमा आवद्ध गराई उनीहरुको आर्थिक सुधार गर्नमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले उक्त अभियानको सुरुवात गरेको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम तथा बजेटमार्फत आफ्नो जग्गा नभएका र जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार प्रत्येक वडाका एकजना कृषक, उद्यमी वा कृषि सहकारी संस्थालाई सहयोग उपलब्ध गराइने छ ।

बजारको अधिक माग तथा मूल्य उच्च रहेको बाली लगाउने, सामूहिक खेती गर्ने र वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै ठाउँमा खेती गर्नेगरी प्रस्ताव पेश गर्नेलाई प्राथमिकता दिइने पनि पालिकाले जनाएको छ । खेती गर्न भाडामा लिएको जग्गा न्यूनतम् १५ रोपनी क्षेत्रफल बराबर हुनुपर्ने र तीन वर्षसम्म उक्त जग्गामा खेती गर्ने प्रतिबद्धतासहित प्रस्तावना पेश गर्ने पालिकाभित्रका स्थायी बासिन्दा वा किसानलाई अनुदान दिइने छ । सिदिङ्वामा सातवटा वडा रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल