Alliancekhabar

शुक्रबार, भाद्र २२, २०८०

गण्डकी, २२ भदौ : बिहीबार साँझ पोखरेली र सुर्खेती स्रष्टा एकै मञ्चमा देखापर्नुभयो । न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरको सभाकक्षमा उहाँहरूले एकापसमा अनुभूतिमात्र साट्न्भएन सिर्जना पनि सुनाउनुभयो ।

सुर्खेतदेखि कवि डा महेन्द्रबहादुर मल्ल, गजलकार धीरेन अनुपम र पहल असीम पोखरा आएको मौका छोपेर नेपाली लेखक सङ्घ गण्डकीले काव्य साँझको चाँजोपाँजो मिलाएको थियो । कार्यक्रममा कवि मल्लको कविता कृति ‘भाषाको बकपत्र’माथि चर्चासँगै कविता प्रस्तुत गरिएको थियो । कवयत्री रीता अधिकारीले मल्लको कविता ‘सम्झँदै नसम्झनु’ र डा ईश्वरमणि अधिकारीले ‘श्रेष्ठता’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

कवि मल्लले आफ्नै कृतिबाट ‘फूल’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । गजलकार धीरेन अनुपम र पहल असीम गजलसहित प्रस्तुत हुनुभएको थियो । पोखरेली गजलकार दीपक समीप र प्राञ्जलले गजल, श्रीराम अधिकारी मुक्तक र रोशन तिमिल्सिनाले कविता सुनाउनुभएको थियो ।

कवि मल्लले कला र विचारको समिश्रणबाट उत्कृष्ट साहित्य जन्मने धारणा राख्नुभयो । “कला कलाका लागि मात्र नभएर कला समाज र सभ्यताका लागि हुनुपर्छ भन्ने मान्यता म राख्छु”, उहाँले भन्नुभयो, “कला स्वायत्त र स्वतन्त्र विधा त हो तर यसको पनि उपादेयता हुनुपर्छ, नत्र कला मर्छ ।”

नेपाली लेखक सङ्घ गण्डकीका अध्यक्ष डा ईश्वरमणि अधिकारीले मल्लका कवितामा सरल अभिव्यक्ति पाइने बताउनुभयो । वैचारिक दृष्टिबाट पनि खारिएका कविताले कृतिको ओज बढेको उहाँको भनाइ थियो । “तुलनात्मकरूपमा कविता केही लामा भए पनि भाव, सौन्दर्य र शिल्पका हिसाबले उहाँका कविता सुन्दर छन्”, अध्यक्ष डा अधिकारीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल