alliance khabar

शनिबार, पुष १३, २०८१

चिसापानी (कैलाली), पुस १३ गते ।

नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिमको चिसापानी राजकाँडामा केबलकारको शिलान्यास गर्नुभएको छ ।

कैलालीको चिसापानीदेखि राजकाँडासम्म सञ्चालन गर्नेगरी गरिएको केबुलबार शिलान्यास कार्यक्रममा शनिबार उहाँले केबुलकार सञ्चालनका लागि सरकारले सक्दो सहयोगको वातावरण बनाउने बताउनुभयो ।

मन्त्री डा. राणाले सुदूरपश्चिमकै प्रवेशद्वारमा ठुलो लगानीका साथ केबुलकार सञ्चालन हुन खोजेकाले सबै क्षेत्रले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले यति ठुलो लगानीमा केबुलकार बन्ने अवस्था सिर्जना हुनुले हामी सबै सुदूपश्चिमबासी बधाईको पात्र भएको बताउनुभयो ।

मन्त्री डा. राणाले केबुलकारका लागि लगानी आयो अब लगानीकर्ताले अन्य क्षेत्रमा पनि लगानी ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा उहाँले चिसापानी गड्डाचौकीसम्म ६ लेनको सडक बन्ने विश्वास पनि दिलाउनुभयो ।

व्यवसायीलाई लगानी गर्न प्रेरित गर्न सरकारले के–के ऐन, कानुन परिवर्तन गर्नुपर्छ त्यसका लागि सरकार तयारी गरिरहेको पनि उहाँले बताउनुभयो । केबुलकार शिलान्यास कार्यक्रममा बोल्दै नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केबुलकार निर्माणले सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केबुलकार निर्माणमा सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । एक वर्षमा निर्माण कार्य सकिने बताइएको सो  केबलकार निर्माणका लागि एक हजार आठसय ६६ रुख कटान भइसकेको छ भने २० बिघा जग्गा पनि जालपादेवी केबुलकारको नाममा आइसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कैलालीका व्यवसायी सूर्यबहादुर थापा समूहले जालपादेवी केवुलकार सञ्चालन गर्न थालेको हो । सञ्चालक थापाका अनुसार लम्बाइ तीन दशमलब एक किलोमिटर लामो रहने केवुलकारको यात्रा अवधी दश मिनेटको रहने छ ।

सो केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेगरी डिपिआर निर्माण भएको छ । सो केबुलकारको निर्माण गर्न सात अर्ब रुपियाँ लगानी हुने अनुमान गरिएको छ ।

थापाका अनुसार केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधाम लगायतका धार्मिकस्थल, हात्तीढुङ्गा लगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ । निर्माण समूहले केबलकारबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने प्रतिवद्धता गरेको छ ।

यस्तै, केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एकसय बेड क्षमताका होटल र सभाहल निर्माण गरिने बताइएको छ । केबलकारको बटम स्टेशन कर्णाली चिसापानीमा रहने जनाइएको छ । केवलकार सञ्चालनले सुदूरपश्चिमको पर्यटन विकाससँगै आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ