घोराही, कात्तिक २४ गते । लुम्बिनी प्रदेशमा पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले एक वर्षको अवधिमा विभिन्न जिल्लामा गरेको परीक्षणले पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रदेशका कुल १२ जिल्लामा करिब ४१ हजार ४२५ जना महिलाको पाठेघरको मुखको क्यान्सर भए/नभएको परीक्षण गर्दा एक हजार ४९९ […]
विराटनगर, कात्तिक २४ गते । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका कुनै पनि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन २०८० जारी गरेको छ । स्थानीय राजपत्रमा प्रकाशित गर्दै महानगरपालिकाले १२ औँ नगर सभाबाट जारी ऐनलाई कार्यान्वयनमा ल्याउँदै सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवनमा निषेध गरेको हो । प्रकाशित ऐन अनुसार अब विराटनगर महानगरपालिका क्षेत्रको […]
कुस्मा (पर्वत), कात्तिक २४ गते । पर्वतको पैयुँ गाउँपालिकास्थित डुडे खरीबोट फाँटमा वडाध्यक्षको अगुवाइमा व्यावसायिक तरकारी खेती गर्न थालिएको छ । गाउँको खेतीयोग्य जमिन बाँझो भएपछि वडाध्यक्षकै अगुवाइमा २० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती सुरु गरिएको हो । गाउँघरमा युवा रोजगारीका लागि अन्यत्र जाने र गाउँका मानिससमेत बसाइ सरेर अन्यत्र जाँदा मलिलो खेतीयोग्य जमिन बाँझो रहेको थियो । सिँचाइको […]
चितवन, कात्तिक २४ गते । भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् । यो उद्योगमा सहकारी र डेरी उद्योगले प्रशोधनका लागि ल्याएको दूध प्रशोधन गरेर पाउडर र […]
पोखरा, कात्तिक २३ गते । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबीसै घण्टा खोल्न दिन जिल्ला […]
लेखनाथ, कात्तिक २२ गते । पोखरामा एटिएम मेसिन तोडफोडको प्रयास गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा ८, सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने भारतको बिहार प्रदेश मोतिहारी घर भई हाल पोखरा–९, नयाँबजार बस्दैआएका २० वर्षीय बबी ठाकुरलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेको हो । ठाकुर नयाँबजारस्थित […]
हेटौँडा, कात्तिक २२ गते । बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुलाई बस खरिदमा अनुदान दिने भएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०–८१ को सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान कार्यक्रम अन्तर्गत प्रदेशको शिक्षा विकास निर्देशनालय र विद्यालय व्यवस्थापन समितिबीच बुधबार हेटौँडामा आयोजित कार्यक्रममा विद्यालय बस खरिदमा अनुदानका लागि सम्झौता भएको हो । निर्देशनालयका […]
हुम्ला, कात्तिक २३ गते । चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पहिलो पटक आँखा शिविर सन्चालन भएको छ । एक दिन सञ्चालन भएको उक्त शिविरबाट दश जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकको मोतिया बिन्दुको शल्यक्रिया सफल भएको छ भने अन्य आँखा र सामान्य बिरामीको समेत उपचार गाउँमै चिकित्कसले गर्नु भएको हो । लिमी […]
सर्लाही, कात्तिक २२ गते । सर्लाहीको गोडैता नगरपालिका–८, सिसौटियामा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाँस लोड गरिएको ना ५ त ६१८२ नम्बरको ट्याक्टर गाउँको भित्री सडकमा अनियन्त्रित भई पल्टिँदा ट्याक्टरका मालिक समेत रहनुभएका चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८, का २८ वर्षीय शङ्कर पटेलको […]
सुर्खेत, कात्तिक २२ गते । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटको भेरी र नलगाड नगरपालिका एवं बारेकोट गाउँपालिका बढी प्रभावित भएको छ । रुकुमपश्चिमको आठबिसकोट र सानीभेरी गाउँपालिकामा समेत जनधनको क्षति भएको छ । विसं २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७९ कात्तिकमा डोटी केन्द्रबिन्दु भएर ६.६ रेक्टर […]