alliance khabar

सोमबार, माघ २२, २०८०

काठमाडौँ, २२ माघ : धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको काठमाडौँको झोरस्थित बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि तारकेश्वर र टोखा नगरपालिकाले लगानी गर्ने भएका छन् । ती दुई नगरपालिकाले संयुक्त रुपमा रु एक करोड ९९ लाख ९६ हजार आठ सय ४४ सहयोग गर्ने भएका छन् । धार्मिक पर्यटनमार्फत तारकेश्वर र टोखा नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ दुई नगरपालिकाको सिमानामा रहेको बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि लगानी गर्न लागेका हुन् । उक्त मन्दिर परिसरलाई संयुक्तरुपमा निर्माण गर्नका लागि आइतबार दुई नगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र टोखा नगर प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गर्नुभयो ।

दुवै नगरपालिकाबाट एक–एक करोडको लगानीबाट मन्दिर परिसरमा पार्टी, मन्दिरसम्म आउने बाटोमा सिँढी निर्माण तथा पञ्चमीको दिन नुहाउनको लागि स्नान कुण्डलगायतका भौतिक संरचना निर्माण गरिनेछ । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले दुई नगरपालिकाबीच एकीकृतरुपमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ बौडेश्वर मन्दिर परिसरमा आवश्यक संरचना निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

झोरस्थित श्रीकृष्ण बौडेश्वर मन्दिरमा वैकुण्ठ चतुर्दशी अवसर मेला लाग्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रको रुपमा विकास भएको उक्त मन्दिरमा हरेक वर्षको कात्तिक शुक्ल चतुर्दशीका दिन श्रद्धालुले पारिवारिक सुख एवं सन्तान प्राप्तिको लागि दीपदान गर्ने गर्छन् ।

बौडेश्वर मन्दिर परिसरमा झरनासमेत रहेकाले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक त्यस क्षेत्रमा जाने गरेका छन् । कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, तारकेश्वर तथा टोखाका विभिन्न वडाका जनप्रतिनिधि एवं कर्मचारीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल