भरतपुर (चितवन), ९ वैशाखः भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु गरेको छ । शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिकस्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो । महानगर प्रहरी प्रमुख कृष्णहरि ढकालका अनुसार महानगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि करको दायरामा नआएपछि होडिङ बोर्ड हटाइएको छ । महानगरपालिकाले महानगरभित्र विज्ञापनका होडिङ बोर्डको […]
काठमाडौँ, ९ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज पठाउने भएको छ । साथै ती दस्तावेजमा सबै कमिटीबाट सुझाव प्राप्त भएपछि परिमार्जन गरिनेछ । राजनीतिक, विधान, समाजवादी कार्यक्रमसम्बन्धी र साङ्गठनिक दस्तावेजमा सबै कमिटीबाट सुझाव सङ्कलन गरी साझा धारणा बनाउन लागिएको हो । देशभरका सबै पालिका, वडा, टोल, जिल्ला, […]
काठमाडौँ, ९ वैशाख: कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले राससलाई बताउनुभयो । कतारी अमिर […]
वीरगञ्ज (पर्सा), ९ वैशाखः सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ । भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति पुर्याउँदा रु १२ लाख ८४ हजार […]
काभ्रेपलाञ्चोक, ९ वैशाखः पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो । पनौती नगरले गाई, भैँसीमा लाग्ने लम्पी स्किन तथा भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप निःशुल्क लगाउने नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाले बताउनुभयो । पनौती […]
काठमाडौँ, ९ वैशाखः हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा […]
दमौली (तनहुँ), ९ वैशाख: जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई रु पाँच लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उहाँको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो । पीडितको बारेमा जानकारीसहित सामाजिक सञ्जालमा सहयोगको अपिल गरिएकामा देशविदेशबाट रु पाँच लाख तीन हजार नौ सय सङ्कलन भएको वडा सदस्य कुमार […]
दमौली (तनहुँ), ९ वैशाख: जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई रु पाँच लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उहाँको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो । पीडितको बारेमा जानकारीसहित सामाजिक सञ्जालमा सहयोगको अपिल गरिएकामा देशविदेशबाट रु पाँच लाख तीन हजार नौ सय सङ्कलन भएको वडा सदस्य कुमार […]
सिरहा, ८ वैशाख : सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ । नगरपालिकाको रु दुई करोड ५० लाख लागतमा बन्ने घाटको नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार महतोले संयुक्त रुपमा शुक्रबार शिलान्यास गर्नुभयो । अन्तिम संस्कार गर्ने ठाउँको अभाव पूर्ति गर्न नगरपालिकाले सुविधासम्पन्न घाट बनाउने नगरप्रमुख चौधरीले बताउनुभयो । दुई […]
काठमाडौं। यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ। यो सर्टिफिकेट पाएसँगै फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउने छन्। सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटा लगायतको अभिनय छ। फस्टलुकसँगै ट्रेलरले […]