गृह मन्त्रालय, सहकारीपछि साउदी अरबको राजदूत नियुक्तिमा स्वार्थ बाझियो : कांग्रेस सांसद राणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले कन्फिलिक्ट अफ इन्ट्रेस्टको कुरा राजदूत नियुक्तिमा समेत प्रवेश पाएको भन्दै चिन्ता जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्रीको तर्फबाट विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिन उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गर्दै राणाले गृह मन्त्रालय, सहकारीपछि साउदी अरबको राजदूत नियुक्तिमा विवाद आएको बताए । उनले भने, ‘अहिले […]

कांग्रेसको विधान संशोधन गरेर सभापतिलाई ८० प्रतिशत मनोनयन गर्ने अधिकार दिऔँ : ईन्द्र बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले १५औँ महाधिवेशनबाट केन्द्रीय सभापतिलाई ८० प्रतिशत मनोनयन गर्ने अधिकार दिने गरी विधान संशोधन गर्न प्रस्ताव गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले भने, ‘त्यस कारणले १५औँ महाधिवेशन भन्दा अगाडि नेपाली कांग्रेसको विधान संशोधन गरेर अब […]

कांग्रेसलाई मजबुद पार्दै जानुस्, राष्ट्र बलियो हुँदा जनजातिको अधिकार संरक्षण हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूलाई मिलेर जान आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कुनै विवाद छभने पनि आपसी सहमति र सहकार्य गरेर जान सुझाव दिएका हुन् । उनले भने, ‘साथसाथै कांग्रेस पार्टीलाई पनि मजबुद पार्दै जानुस् […]

सदरमुकाममा खानेपानीको समस्या

हुम्ला, असार ११ गते । जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको केन्द्र सिमकोटमा खानेपानीको अभाव भएको छ । खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले टाढा टाढाबाट बोकेर ल्याएको पानीबाट प्यास मेट्नु परेको छ । सिमकोट तल्लो बजार क्षेत्रका स्थानीय व्यापारी राजन चन्दले धारामा पानी आउन छोडेको महिना दिन भएको बताउँदै टाढाको कुवाबाट खानेपानीको व्यवस्था गर्नु परेको गुनासो राख्नुभयो । […]

एघार सय शिक्षकले बुझाए पद त्यागको निवेदन

इलाम, असार १० गते । शिक्षा मन्त्रालयको निर्देशनअनुसार इलाममा एक हजार एकसय शिक्षकले आफूहरू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको भन्दै जिल्लास्थित शिक्षा विकास तथा समन्वय शाखामा निवेदन बुझाएका छन् । मन्त्रालयको निर्देशनअनुसार सामुदायिक विद्यालयको शिक्षक पदमा कार्यरत रही कुनै पनि दलको सदस्यता रहेका, कार्यकारिणी समितिमा रहेका महाधिवेशन प्रतिनिधि रहेका शिक्षकलाई कानुन बमोजिम कारबाही गर्न […]

भौतिक पूर्वाधारको अवस्था कमजोर

धनगढी, असार ११ गते । सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएको छ । राष्ट्रिय प्रगतिसँग तुलना गर्दा यो प्रदेशको भौतिक पूर्वाधार अवस्था कमजोर देखिएको हो । महालेखा परीक्षकको कार्यालयले दिगो विकास लक्ष्य र दीर्घकालीन सोचसमेत प्राप्त हुने गरी कार्यक्रम कार्यान्वयन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सुझाव दिएको छ । प्रदेशमा सडक, हवाई […]

बजेट कर्मकाण्डमा सुधारको खाँचो

सङ्घीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल भइरहेको छ । यस पटकको बजेट अन्य वर्षमा भन्दा भिन्न तवरले छलफल भएको देखिएको छ । बजेटमाथि विपक्षी दलहरूले आलोचना गर्ने परम्परा नै रहे पनि यस पटक भने सत्तारूढ दलका सदस्यले समेत बजेट विनियोजनका सम्बन्धमा कटु आलोचना गरेका छन् । रोस्ट्रमबाट नै विनियोजन पुस्तिका […]

ठुला जहाज भित्र्याएर उडान प्रतिस्पर्धामा वायुसेवा कम्पनी

काठमाडौँ, असार ११ गते । आन्तरिक उडान गर्दै आएका निजी वायुसेवा कम्पनीहरू ठुला जहाज भित्र्याएर सुगम गन्तव्यमा उडान प्रतिस्पर्धामा लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर आन्तरिकतर्फका गन्तव्यमा उडान गर्दै आएका निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयर, श्री एयरलाइन्सलगायतले सुगमको उडानमा प्रतिस्पर्धा गर्न लागेका हुन् । वायुसेवा कम्पनीबिचको उडान प्रतिस्पर्धाले यात्रुले समेत हवाई भाडा […]

देशैभर फैलियो मनसुन

काठमाडौँ, असार ११ गते । सोमबारदेखि मनसुन देशैभर फैलिएको छ । गत वर्ष जस्तै यस वर्ष पनि मनसुन देशभर फैलन १५ दिन लागेको छ । अब छिट्टै वर्षा हुने भएकाले धान रोपाइँ गर्ने किसानमा खुसी छाएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्म नै मनसुनी वायु फैलिएको छ । यससँगै नेपालमा अब […]

निमित्त मुख्य सचिवको जिम्मेवारीमा लीलादेवी

काठमाडौं, असार ९ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहनुभएका सचिव लीलादेवी गतडौला निमित्त मुख्य सचिवको जिम्मेवारी पाउनुभएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था अनुरूप उहाँलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो । यसअघिका मुख्य […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ