काठमाडौँ, असार १८ गते । चालु आर्थिक वर्षको ११ महिनामा कुल प्रस्तावित लगानी दुई खर्ब १७ अर्ब रुपियाँ पुगेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३८५ उद्योग दर्ता भई दुई खर्ब १७ अर्ब लगानी प्रस्ताव आएको हो । ती उद्योग सञ्चालनमा आए २६ हजार जनाले रोजगारी पाउने अनुमान गरिएको छ […]
अत्तरिया, असार १८ गते : बेवारिसे अवस्थामा एक जना महिलाको शव फेला परेको छ । कैलाली जिल्ला जानकी गाउँपालिका–७ गोलौरीकी ७१ वर्षीया फिरिया चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले जानकारी दिनुभयो । चौधरीको घरबाट अन्दाजी ५ सय मिटर उत्तरतर्फ रोपाइँ गरेको खेमराज ढुङ्गानाको खेतमा मृत अवस्थामा फेला परेको हो । टीकापुरबाट […]
गएको मे ११ मा अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक बाढी आयो । लेदोसहितको बाढीले तीन सयभन्दा बढी मानिसको मृत्यु भयो । दुई हजार ११ घर नष्ट भए । दुई हजार आठ सय घर क्षतिग्रस्त भए । त्यसैगरी मे ४ मा ब्राजिलमा भीषण वर्षा भयो । भीषण वर्षापछि आएको बाढीमा ७५ जनाको मृत्यु भयो भने १०३ जना बेपत्ता भए । ८८ हजार […]
काठमाडौँ, असार १७ गते : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज बिहान बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौँ, असार १७ गते : पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल/मटितेल लिटरमा पाँच रुपियाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेल/मटितेल १५७ रुपियाँ पुगेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल […]
मोनालिसा विश्वकै प्रसिद्ध चित्रकला हो । यो चित्र कहाँ बनाइएको थियो भन्ने विषय लामो समयसम्म रहस्यमा रह्यो । पाँच सय वर्षपछि यसको रहस्योद्घाटन भएको छ । कलाकार लिओनार्दो दा भिन्चीले बनाएको यो चित्र मोनालिसाको रहस्यमय मुस्कानका लागि परिचित छ । भूगर्भविद् तथा पुनर्जागरणकालीन कलासम्बन्धी इतिहासकार एन पिज्जोरुस्सोले यो चित्र कहाँ बनाइएको थियो भन्ने रहस्य आफूले पत्ता लगाएको दाबी गरेकी […]
काठमाडौँ, : असार १५ अर्थात् दही चिउरा खाने दिन। खेतमा रोपाइँ गरी दही चिउरा खाएर असार १५ मनाइएको छ। सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ। असारमा कामको चाप हुने भएकाले छिटो र मिठो खाजाका रूपमा दही–चिउरा खाने चलन चल्दै आएको विज्ञको तर्क छ। विभिन्न गुणले भरिपूर्ण दही र चिउराको सेवन […]
काठमाडौँ, असार १६ गते : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । विभागका अनुसार […]
काठमाडौँ, असार १६ गते : संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिनुभएको छ । संसद् दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा अध्यक्ष दाहालले जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको […]
म्याग्दी (दरबाङ) ,असार १६ गते : लोकप्रिय थाली नाचको उद्गम थलो हो म्याग्दीको चिम खोला । जिल्लाको रघु गङ्गा गाउँपालिका–७,स्थित चिम खोला गाउँमा जन्मनुभएकी हिरामाया पुनले पाँच दशक अघि सिर्जना गर्नुभएको लोकप्रिय थाली नाच युवा पुस्ताको समेत आकर्षण बनेको छ । पाका पुस्तामा सीमित लोकप्रिय थाली नाच युवा पुस्तामा हस्तान्तरण हुँदै छ । सामाजिक विकास कार्यालय […]