Alliancekhabar

सोमबार, आषाढ १७, २०८१

काठमाडौँ, असार १७ गते : पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल/मटितेल लिटरमा पाँच रुपियाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेल/मटितेल १५७ रुपियाँ पुगेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा दुई रुपियाँ ४१ पैसा र डिजेल लिटरमा चार रुपियाँ ९१ पैसा बढेर आएको थियो । सोही मूल्य अनुसार स्थानीय बजारमा मूल्य बढाइएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य सामान्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । आइओसीले प्रत्येक महिनामा दुई पटक मूल्य पठाउने गर्छ । सोही मूल्यका आधारमा निगमले स्थानीय बजारमा मूल्य सामायोजन गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल