मनहरीमा गैँडाको आक्रमणबाट युवक घाइते

मकवानपुर, ३ वैशाख : मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैँडाको आक्रमणमा परेका थिए । आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं […]

टिपर दुर्घटनामा चालकको मृत्यु

मन्थली (रामेछाप), ३ वैशाख : रामेछापको मन्थली नगरपालिका–७ मन्थलीघाट नजिक आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उनको घटनास्थलमै ज्यान गएको हो । मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परी दोलखाको तामाकोशी गाउँपालिका–६ का २१ वर्षीय […]

कञ्चनपुरमा लागुऔषध मुद्दामा २१६ जना पक्राउ

महेन्द्रनगर (कञ्चनपुर), ३ वैशाख : बिगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुव्र्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०÷९१ को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो हिरोइनसहित यहाँ १२ महिला र दुई सय चार पुरुष पक्राउ […]

काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

काठमाडौँ, २ वैशाख : सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ । उक्त अभियानको आज बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शुभारम्भ गर्दै नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दाे र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । […]

सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो

काठमाडौँ, २ वैशाखः स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु दुई हजार दुई सयले घटेर रु […]

नौ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद

वीरगञ्ज (पर्सा), २ वैशाख : पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा रु ५६ करोड एक लाख छ हजार नौ सय बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका सामान बरामद गरेको हो । पर्साका प्रमुख […]

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, २ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने […]

पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी

काठमाडौँ, २ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग ले कोसी, कोसी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । साथै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हुरीबतासको […]

पत्रकारद्वय सुन्दास र राराहाङ पुरस्कृत

मङ्गलबारे (इलाम), २ वैशाख: इलामका दुईजना क्रियाशील पत्रकार पुरस्कृत भएका छन् । इलामको पर्यटकीयस्थल सूर्योदय नगरपालिकाको श्रीअन्तुमा शनिबार आयोजित कार्यक्रममा पत्रकार विक्रम सुन्दास र रीता राराहाङलाई रु १०–१० हजार राशिको आशिष स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासङ्घ इलामले स्थापना गरेको हो । इलामका पत्रकार आशिष राईको स्मृतिमा महासङ्घले उहाँको स्मृति दिवसमा […]

चिकित्सक नहुँदा थन्किए उपकरण

हेटौँडा, २ वैशाख : अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताउनुभयो । बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंलेचाँडोभन्दा चाडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्चयाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुटुरोग विशेषज्ञको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल