२०८१ जेठ २६ भाेलि देखि सुदरपश्चिम प्रदेशको धनगढीमा “श्रमाधान रोजगार मेला” शुरू हुने भएको छ । आईतबार देखि हुने मेलाकाे अन्तिम तयारी पूरा भएकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव बसन्त बोहोराले जानकारी दिए । रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्धेश्य रहेको उनले बताए । “मेलाले रोजगारीका अवसरहरु […]
काठमाडौँ, जेठ २६ गते : काठमाडौँको टोखा नगरपालिका २ झोर जुन प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ । साथै यस उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफा भित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव । निकै साँगुरो गुफामा तप तप पानी चुहिरहेको हुन्छ। यही गुफा […]
काठमाडौँ, जेठ २६ गते : देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी हेटौँडा सब स्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली [जिआइएस] प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठुलो ४०० केभी हेटौँडा सब स्टेसन निर्माण सम्पन्न गरी शुक्रवारबाट सञ्चालन ९चार्ज०मा ल्याइएको छ । यसै गरी, […]
काठमाडौँ, जेठ २६ गते : युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ । अर्थ मन्त्रालयद्वारा तोकिएको समयसीमाभित्र योजना छनोट गरी पठाउनुपर्नेमा मन्त्रालय र परिषद्बीचको द्वन्द्वका कारण ती कार्यक्रम प्रभावित भएका हुन् । प्रदेश […]
रामेछाप, जेठ २६ गते : विद्यार्थी नभएपछि रामेछापको मन्थली नगरपालिका–२, टेकानपुरमा सञ्चालित एउटा विद्यालय बन्द गरिएको छ । उक्त वडामा रहेको ताम्राकौशिका आधारभूत विद्यालय नगरको सामुदायिक शिक्षा सुधारका लागि बनाइएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि बन्द गरिएको हो । नगर शिक्षा समितिले बनाएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि ताम्राकौशिका आविलाई बालकन्या आविमा समायोजन गरी बाल ताम्राकौशिका आवि […]
तम्घास, जेठ २६ गते : गुल्मीमा २३ जना कृषकहरू मिलेर ५४० रोपनी क्षेत्रफलमा सामूहिक किवी खेती गरेका छन् । जिल्लाको काली गण्डकी गाउँपालिका वडा नम्बर एक सिरकोटमा वर्षौँ देखी बाँझिएको जग्गालाई सदुपयोग गर्दै ५४० रोपनी क्षेत्रफलमा व्यवसायी रूपमा किवी खेती गरेका हुन् । वर्षौँ देखी बाँझिएर खेर गइरहेको जग्गालाई सदुपयोग गरी ५४० रोपनी क्षेत्रफलमा छ […]
२०८१ जेठ २५ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवद्र्धनको आधार तयार पार्ने बताए छन् । शुक्रबार कर्णाली प्रदेश सुर्खेतमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले मेलाले रोजगारदाता र श्रमिक बीच मध्यस्गथकर्ताको भूमिका खेल्ने बताएका हुन् । उद्घाटनलाई सम्बोधन गर्दे मन्त्री […]
२०८१ जेठ २५ सुदुरपश्चिम प्रदेशको कैलालीमा हुने “श्रमाधान रोजगार मेला” को तयारी पुरा भएको छ । जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने “श्रमाधान रोजगार मेला” को तयारी पुरा भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदुरपश्चिम प्रदेश सरकार कैलाली, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमको आयोजनामा आईतबारदेखि […]
काठमाडौँ, जेठ २५ गते : काठमाडौँ महानगरपालिकाको १५ औँ नगर सभा जेठ ३२ गते हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले शुक्रवार सूचना प्रकाशन गर्दे राष्ट्रिय सभागृहको सभा हलमा दिउँसो १ बजे नगर सभा आयोजना गरिएको जनाएको छ । काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको संवत् २०८१ जेठ १८ गतेको ३२औँ बैठकको निर्णयअनुसार स्थानीय सरकार […]
काठमाडौँ, जेठ २५ गते : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई राम्रो डेलिभरी दिएर मात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताउनुभएको छ। शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तर प्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।प्रधानमन्त्रीले भन्नुभयो, अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसद्को भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको […]