स्याउ विक्री गर्न छ घण्टा पैदल हिँड्न बाध्य

मुगु, असोज १४ गते : झिसमिसेमै उठ्यो, पिठ्युँमा स्याउको डोको, पटुकामा सुक्का  रोटी बोकेर  छायाँनाथ रारा नगरपालिका वडा नं १० घट् लेख गाउँकी  सरिता सेजुवाल सदरमुकाम गमगढी बजारमा  बारीको स्याउ बिक्री  गर्नलाई दैनिक  सदरमुकाम गमगढी बजारमा ओर्लिन्छिन् । दिनभर स्याउ बेचेर कमाएको पैसाले दैनिक उपभोग्य वस्तु किनेर साँझ घर फर्किछन् । छायाँनाथ रारा नगरपालिकाको   उहाँ एक  […]

राष्ट्रिय शोक घोषणा, तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने

काठमाडौँ, असोज १५ गते : असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो । धनजनको क्षतिप्रति सरकारले दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गरेको प्रवक्ता ऋषिराम तिवारीले जानकारी […]

२०८१ असोज १५ गते – 01, Oct, 2024, मंगलबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । साथै, आर्थिक संकट पनि होला, विचार पुर्याउनु भए बेश होला । अनावश्यक रुपमा कसैसँग झै झगडा हुन सक्छ । साथै यात्रामा पनि सावधान रहनु होला । लेनदेनको समस्याले सताउनेछ । शत्रु पनि बढ्ने छन् । ब्यापारमा पनि […]

स्मार्ट बन्ने दौड गोपनीयतामाथि प्रश्न !

तपाईंले केही समययता उपकरणहरू कसरी स्मार्ट बन्दै गएका छन् भन्ने कुरा याद गर्नुभएको छ ? सूचना प्रविधि क्षेत्रका दिग्गज कम्पनी एप्पल, माइक्रोसफ्ट, गुगललगायतका विभिन्न कम्पनी अहिले कृत्रिम बुद्धि (एआई) उपकरण र टुल निर्माणमा जुटेका छन् । एआई टुलले जन्मदिन सम्झाउने, फोटो एडिट गर्ने, स्वास्थ्य सल्लाह दिने, मन पर्ने गीत तथा सङ्गीत सुनाउने, स्पाम कल पत्ता लगाउनेसम्मका […]

ढोरपाटनका नगर प्रमुखलाई सहकारीको दुई अर्ब ठगीमा अनुसन्धान सुरु

लेखनाथ, असोज १४ गते : सहकारीको दुई अर्ब ठगी अभियोगमा पक्राउ पर्नुभएका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई आइतबार राति बागलुङ लगिएको छ । शुक्रवार भारतको नयाँ दिल्लीमा पक्राउ पर्नुभएका उहाँलाई शनिवार काठमाडौँ ल्याइएकोमा आइतबार साँझ पोखरासम्म विमानमा ल्याइएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बागलुङ प्रहरीको टोलीले नेपालीलाई बागलुङ गाडीमा लगेको हो । सोही अभियोगमा देवकुमारसँगै […]

एकसय एकको आँखाको निःशुल्क शल्यक्रिया

टीकापुर, असोज १४ गते : कैलालीको भजनीका १०१ जनाको आँखाको शल्यक्रिया भएको छ । असोज ११ गतेदेखि १३ गतेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको शिविरमा ८२६ जनाको आँखाको जाँच भएको छ । जमध्ये १०१ जनाको आँखामा भएको मोतियाबिन्दुको शल्यक्रिया भएको हो । भजनीस्थित आँखा उपचार केन्द्रमा आँखा जचाउन आउने मानिसलाई आँखाको शल्यक्रिया गर्नुपर्ने सुझाव दिए पनि […]

सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी

काठमाडौँ, असोज १४ गते : विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक सुरु भएको छ । सोमवार बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा  समितिको बैठक सुरु भएको हो । अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न बैठक बसेको हो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण […]

विपद् पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोग घोषणा

लण्डन, असोज १४ गते : लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ [एनआरएनए]ले रु. एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि रु. एक करोड सहयोग गर्ने निर्णय गरेका […]

समतामूलक समाज निर्माणका लागि सामाजिक सुरक्षा र प्रगतिशील कर प्रणाली आजको आवश्यकता: अध्यक्ष योगेन्द्र कुमार कुँवर

काठमाडौँ,असोज पीएसआई र एफइएसको संयुक्त आयोजनामा असोज ७ र ८ गते काठमाडौँमा सञ्चालन भएको (Natoinal Economic Justice Meeting –   Nepal)नेशनल इकोनोमी जस्टिक मिटिङमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC )का अध्यक्ष योगेन्द्र कुमार कुँवरले समतामूलक समाज निर्माणका लागि सामाजिक सुरक्षा र प्रगतिशील कर प्रणाली आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले […]

२०८१ असोज १४ गते – 30, Sep, 2024, सोमबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ । तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक उत्तरदायित्व […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ