बर्दीबास, असोज ९ गते : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्व सामु ठुलो चुनौतीका रूपमा देखापरेको जलवायु सङ्कटले नयाँ र गम्भीर चुनौती थपिँदै गएको बताउनुभएको छ । उहाँले यसको दुष्प्रभावका प्रत्यक्ष असर स्थानीय तहमा पनि देखा पर्न थालेकाले जलवायु सङ्कट न्यूनीकरणमा सबै पक्ष संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा सामुदायिक विकास तथा […]
मार्तडी, असोज ९ गते : बाजुरा जिल्लामा विगतका वर्षमा दसैँतिहारका बेला जिल्लामा खाद्यान्नको अभाव हुँदै आएको भए पनि यो वर्ष भने दसैँतिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा मार्तडी र कोल्टी शाखामा माग अनुसारको खाद्यान्न भएकाले खाद्य अभाव नहुने भएको हो । कम्पनीले आइतबारबाट सहुलियत छुट मूल्यमा चामल बिक्रीवितरण गर्न […]
बेइजिङ, असोज ९ गते : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ । भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवम् सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताउनुभएको छ […]
म्याग्दी, असोज ८ गते : हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले आयोजना गरेको एक हप्ते स्याउ टिप्ने खाने मेलाको समय एक हप्ता थपिएको छ । गएको मङ्गलबारदेखि सुरु भएको सो मेला जारी छ । एक हप्तासम्म सञ्चालन हुने सो मेलामा आगन्तुकको चाप बढेकाले एक हप्ता अझै थपिएको केन्द्रले जनाएको […]
देउखुरी, असोज ८ गते : लुम्बिनी प्रदेश सरकारले राजधानी सहर निर्माण गर्न लगानीको खोजी सुरु गरेको छ । एक खर्बको लागतमा २० वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रदेश सरकारले नदी सभ्यतामा आधारित नमुना सहर निर्माणका लागि लगानीको खोजी सुरु गरेको हो । पहिलो चरणमा २५ अर्ब बजेटको स्रोत सुनिश्चित गर्न सरकारले पहल थालेको हो । प्रदेश सरकारको बजेटले राजधानी […]
बर्दीबास, असोज ८ गते : मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन क्षेत्रीले सबैभन्दा बढी उर्वर क्षेत्र रहेको मधेश प्रदेशको कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले मधेश प्रदेशको कृषि क्षेत्रलाई उन्नत र आधुनिक बनाउन सकियो भने यहाँको उत्पादनले मुलुकलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । मन्त्री क्षेत्रीले मधेश प्रदेशको भूमि व्यवस्था, […]
लेखनाथ, असोज ८ गते : गण्डकी प्रदेशसभाको छैटौं अधिवशेन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेबाट अन्त्य गर्नुभएको हो । सोमबार बसेको गण्डकी प्रदेशसभाले पाँच कानुन संशोधन गर्ने विधेयक पारित गरेको छ । भदौ २१ गतेमात्र प्रदेश सरकारले केही गण्डकी प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा […]
नवलपरासी, असोज ८ गते : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ । लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार रु १३ करोड ६६ लाख लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो । निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा नयाँ भवनबाट बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको पृथ्वीचन्द्र अस्पतालका सूचना […]
कावासोती, असोज ८ गते : कुनै समय खचाखच भिड लाग्ने पुस्तकालयमा पछिल्लो समय पाठकको चाप शून्य जस्तै बन्न थालेको छ । पुस्तकालयप्रति पाठकको आकर्षण घट्दो क्रममा छ । नवलपुर जिल्लाका विभिन्न स्थानमा दर्जनौँ पुस्तकालय छन् । विद्यालय/क्याम्पसले पनि पुस्तकालय खोलेका छन् । विद्यालय र क्याम्पसमा पाठ्यक्रमका पुस्तक पढ्नेबाहेक बाह्य ज्ञान हासिल गर्न अध्ययन गर्ने व्यक्तिको सङ्ख्या शून्य जस्तै छ । […]
काठमाडौँ, असोज ८ गते : त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले मङ्गलवार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरेर सो जानकारी गराएको हो। त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग के.सी.को अध्यक्षतामा समितिको २०८१ असोज सात […]