बाँके, पुस १६ गते । बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन् । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बाँकेमा रहेको होटल तथा पर्यटन व्यवसायीले विभिन्न आकर्षक प्याकेजसँगै साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रम तय गरेका छन् । “पर्यटन व्यवसायलाई चलायमान […]
सुर्खेत, पुस १६ गते । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई भत्ताभन्दा पोसिलो खानेकुरा दिनुपर्ने आवाज उठेको छ । भत्ताको रकमले उनीहरूले मदिरा तथा अन्य फजुल खर्च गर्ने र स्वास्थ्यमा समस्या आउन थालेपछि उनीहरूलाई भत्ताको सट्टा पोसिलो खानेकुरा दिनुपर्ने जनाइएको छ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा राउटे समुदायलाई दिइने भत्तालाई […]
काठमाडौँ, पुस १६ गते । समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङ) गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले स्वास्थ्य शिविर आयोजना गरिएको छ । मेरीस्टोप्स इन्टरनेशनलको सहकार्यमा रोटरी क्लबसँग आबद्ध महिला समूहद्वारा तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा आयोजित सो शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको क्यान्सर जाँच […]
बैतडी, पुस १६ गते । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र (NEMRC)का अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड (ML) ४.६ को भूकम्प हो। भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्म योगमा अभिवृद्धि हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । भ्रमणका बीच मान सम्मान पनि प्राप्त […]
तनहुँ, पुस १४ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटको पुल एक दशकदेखि बन्न सकेको छैन । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथि बन्ने पक्की पुल निर्माणको काममा ढिलाइ भए पनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा लामो समयदेखि अलपत्र परेको हो । पुल निर्माण पूरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वी […]
सुर्खेत, पुस १४ गते । कर्णाली प्रदेश सभाका विषयगत समिति नेतृत्वविहीन अवस्थामा छन् । प्रदेश मामिला तथा विधान समितिबाहेक सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समिति हालसम्म नेतृत्वविहीन बनेका छन् । समितिका तत्कालीन सभापति कोही मन्त्री भएको र कोही सत्ताधारी वा प्रतिपक्षमा पुगेपछि समिति नेतृत्वविहीन भएको हो । समितिका सभापति नहुँदा सरकारका काम कारबाही अनुगमन […]
रुकुमपश्चिम, पुस १४ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका र मुसीकोट नगरपालिकामा भूकम्पले क्षति गरेका १४ वटा खानेपानी आयोजना र ८५० वटा शौचालय निर्माण गरिएको छ । नौ वटा विद्यालयमा पनि खानेपानी र शौचालय निर्माण गरिएको हो । पालिकासँगको सहलगानीमा रुकुमेली समाज विकास केन्द्रले बेलायती विकास नियोगको सहयोग तथा युनिसेफको साझेदारीमा भूकम्प प्रभावित क्षेत्रमा खानेपानी तथा सरसरफाइ पुनर्लाभ […]
काठमाडौँ, पुस १४ गते । नेपाल अर्थोपेडिक अस्पतालको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली मिलन क्लबको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान […]
काठमाडौँ, पुस १४ गते । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ४०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेडा सानो […]