काठमाडौँ, जेठ २० गते । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र […]
काठमाडौँ, जेठ २० गते । मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । आजको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हातहाल्नु अघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ […]
लेखनाथ, फागुन १९ गते । यात्रुसँग बढी भाडा लिने राइडरहरुलाई कास्की प्रहरीले कारवाही गरेको छ । एपमा देखिएभन्दा बढी भाडा असुल्ने आठ वटा दुई पाङ्ग्रे सवारीका राइडरलाई कारवाही गरिएको हो । यातायात व्यवस्था ऐन २०४९ बमोजिम उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पाँच/पाँच सय जरिवाना तिराएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी […]
राले (अमेरिका), जेठ १९ गते । विश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले देश, देशको माटो र देशका जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्यौँ भने नेपालले फड्को मार्ने बताउनुभयो । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले आइतबार डा. रुइतको सम्मानमा आयोजना गरेको भेटघाट कार्यक्रमपछि यस सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै डा. रुइतले सो कुरा गर्नुभएको हो । […]
घोराही, जेठ १९ गते । दाङमा सवारीसाधनको ठक्करबाट जङ्गली जनावर हुँडारको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा दुर्लभ वन्यजन्तु भाले हुँडारको नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट मृत्यु भएको हो । वन्यजन्तु संरक्षणको दृष्टिकोणले महत्त्वपूर्ण मानिने हुँडारको सवारीसाधनको ठक्करबाट मृत्यु भएको डिभिजन वन कार्यालय घोराहीका रेन्जर चक्रपाणि शर्माले जानकारी दिनुभएको छ । उहाँले […]
तुलसीपुर, जेठ १९ गते । नेपाल वायुसेवा निगमले यात्रुहरुको मागका आधारमा तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलबाट उडान भर्न थालेको छ । टरिगाउँ विमानस्थलमा यात्रुहरुको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार र शनिबारबाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो । टरिगाउँमा नियमित […]
लेखनाथ, जेठ १९ गते । सार्वजनिक यातायात थन्क्याएर शुक्रबारदेखि आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र यातायात मजदुरले आइतबारबाट पर्यटकीय सवारीमा समेत अवरोध गरेका छन् । उनीहरूले पर्यटक बसमा नेपाली यात्रुलाई चढ्न दिएका छैनन् । गण्डकी प्रदेश सरकारले जारी गरेको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ खारेज हुनुपर्ने, सार्वजनिक सवारीबारे सरकारको स्पष्ट व्यवस्थासहितका माग उनीहरूले राखेका छन् । […]
कुसुमटार (सिन्धुली), जेठ १९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम चित्तबुझ्दो नभए ठेक्का तोडिने बताउनुभएको छ । मन्त्री खड्काले आइतबार उक्त आयोजना निर्माणको स्थलगत अनुगमनका क्रममा सो कुरा बताउनुभएको हो । मन्त्री खड्काले कमलामाई नगरपालिका–२, कुसुमटारमा सुरुङमार्ग र सुनकोशी गाउँपालिका–७, कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा निर्माण सुरु गरेको बाँधको स्थलगत […]
नेपालगन्ज, जेठ १९ गते । महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले बाँकेमा पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्ने कार्य तीव्र गतिमा चलिरहेको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार सो क्रममा हालसम्म जिल्लामा करिब ७० हजार परिवारको विवरण सङ्कलन गरेर पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिसकिएको छ । पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गरेर स्वास्थ्य […]