alliance khabar

बिहिबार, साउन २२, २०८२

तनहुँ, असोज २२ गते ।

तनहुँको एक सामुदायिक वनले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाउने भएको छ । देवघाट गाउँपालिका–५ को मधुवन सामुदायिक वन उपभोक्ता समूह दोस्रो पुरस्कारका लागि छनोट भएको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।

नेपालभरिका २३ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहमध्येबाट यस वर्षको उत्कृष्ट दोस्रो स्थान प्राप्त गर्ने पण्डितले जानकारी दिनुभयो ।  पण्डितले भन्नुभयो, ‘‘दिगो वन व्यवस्थापन, सफल कार्ययोजना कार्यान्वयन र उत्कृष्ट कार्य सम्पन्न गरे वापत दोस्रो स्थान भएको हो ।’’ सामुदायिक वन विकास कार्यमा उत्कृष्ट कार्य गर्ने सामुदायिक वन उपभोक्ता समूहलाई वन विभागले हरेक वर्ष राष्ट्रिय स्तरको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । तनहुँ जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहहरुमध्ये उत्कृष्ट कार्य सम्पादन गरेको यस उपभोक्ता समितिले  गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार कार्यविधिमा रहेको आधार र सूचकहरुको आधारमा मूल्याङ्कन गरी पुरस्कार प्रदान गर्ने निर्णय भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।

मधुवन सामुदायिक वन समुहले वातावरण संरक्षणको क्षेत्रमा निकै उत्कृष्ट काम गर्दै आएको छ । मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरीले मधुवन समूहले पुरस्कार प्राप्त गर्ने निर्णय समग्र तनहुँ जिल्लाकै गौरवको विषय भएको बताउनुभयो । यो निर्णयले आफूहरुलाई दिगो वन व्यवस्थापन, सामुदायिक वन विकास कार्य तथा सफल कार्ययोजना कार्यान्वयनका लागि थप प्रेरणा मिलेको बताए । उक्त पुरस्कार साउन २७ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ । यस सामुदायिक वनले उपभोक्ताको आयमा वृद्धि  गर्न सामूहिक जडीबुटी खेती सुरुवात गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल