बागलुङ, कात्तिक ३ गते । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरी प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दीर्घरोगका बिरामीका लागि चाहिने औषधी नभएको भन्ने पाइएको बताउनुभयो । अत्यावश्यक औषधी खरिदका लागि मन्त्रालयले भने समयमा रकम निकासा गरिदिएको पाठक बताउनुहुन्छ । अस्पतालको फार्मेसीमा नपाएको औषधी अस्पतालमै कार्यरत कर्मचारीको निजी क्लिनिकमा भेटिने गरेको तथ्य बाहिर आएको […]
राजविराज, कात्तिक ३ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीले शुभ दीपावली (तिहार), नेपाल संवत र छठ पर्वलाई आपसी सद्भाव, सौहार्द र मर्यादित तवरले मनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ । सो कार्यालयले एक सूचना जारी गर्दै पर्वको अवसरमा सम्भावित जोखिम र अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्न यस्तो निर्देशन सार्वजनिक गरेको हो । प्रमुख जिल्ला अधिकारी […]
पाख्रीबास (धनकुटा), कत्तिक ३ गते । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै धनकुटा छोटे सार्कीलाई यतीबेला मादल बनाउन भ्याइनभ्याई छ । गएका वर्ष झै तिहारमा मनोरञ्जनका लागि बजाइने मादल यस वर्ष पनि माग बढेसँगै मादल बनाउन उहाँलाई भ्याइनभ्याई भएको हो । धनकुटा नगरपालिका–१, स्थित गैरी टोलमा छोटे भनेर चिनिने उहाँलाई तिहार लागेसँगै यतिबेला मादल […]
हेटौँडा, कात्तिक ३ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उज्यालो पर्वले अन्धकार हटाई समृद्ध नेपाल निर्माण गर्न मद्दत गर्ने बताउनुभएको छ । दीपावली, नेपाल सम्वत् ११४६, भाइटिका, म्हँ पूजा र छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले आसन्न उज्याला पर्वहरूले अन्धकारलाई हटाई सभ्य, सुन्दर, शान्त र समृद्ध नेपाल निर्माणको दिशामा अघि बढ्न […]
काठमाडौँ, कात्तिक ३ गते । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाड–पर्वहरू भएको मुलुक भएको बताउनुभएको छ । नेपालीहरूको दोस्रो महान चाड तिहार तथा नेपाल सम्वतको नयाँ वर्ष ११४६ को सुखद् अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै कार्यवाहक सभापति खड्काले यस विविधता भित्र रहेको हाम्रो सद्भाव र सहिष्णुताले नै हाम्रो […]
बेनी (म्याग्दी), कात्तिक २ गते । धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् । शिविरमा धवलागिरि–७ ताकमका साथै धवलागिरि–२ लुलाङ, वडा नं ३ मुना र […]
खोटाङ, कात्तिक २ गते । बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका […]
काठमाडौँ, कात्तिक २ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५३, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६२, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु ६५, आलु रातो (भारतीय) […]
मनाङ, कात्तिक २ गते । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) […]
काठमाडौँ, कात्तिक २ गते । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का […]