लमजुङ, मङ्सिर ७ गते । लमजुङका यातायात व्यवसायीले तोकिएको भाडादर कायम गर्न प्रतिबद्धता जनाएका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेर तोकिएको भाडादर मात्र लिन प्रतिबद्धता जनाएका हुन् । सर्वसाधारणबाट मनपरी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायीलाई ७२ घन्टे स्पष्टीकरण सोधेको थियो । यातायात व्यवसायीका प्रतिनिधि प्रशासनमा आफैँ उपस्थित भएर तोकिएको भाडादर कायम गर्ने प्रतिबद्धता […]
महोत्तरी, मङ्सिर ७ गते । मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ । जनकपुरधाममा साताव्यापी महोत्सव बिहीबार सुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठले थालेको हो । यसपालि मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी आउने मङ्गलबार परेको छभने ‘मटकोर’ एक […]
म्याग्दी, मङ्सिर ७ गते । प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । अस्पतालको तथ्याङ्कअनुसार वार्षिक एक सय २० देखि एक सय ५० गर्भवतीले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन् । यसबाट म्याग्दी ,मुस्ताङ सहित पर्वतको […]
नेपालगन्ज, मङ्सिर ७ गते । बाँकेका प्रमुख निजी अस्पतालहरूबाट आमा सुरक्षा कार्यक्रम हटाइएपछि अहिले नेपालगन्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप बढ्दै गएको छ । नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगन्जमा हालै मात्र सञ्चालनमा आएको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेको हो । आमा सुरक्षा […]
तनहुँ, मङ्सिर ७ गते । तनहुँको ऐतिहासिक तथा सांस्कृतिक पहाडी बस्ती बन्दीपुरले भ्रमण वर्षलाई लक्षित गर्दै आठ लाख पर्यटकलाई आकर्षित गर्ने लक्ष्य सार्वजनिक गरेको छ । हालसम्म पाँच लाखभन्दा बढी पर्यटकले बन्दीपुर क्षेत्र अवलोकन गरिसकेका बेला मङ्सिर १० देखि २१ गतेसम्म आयोजना हुने छैटौं बन्दीपुर महोत्सवले पर्यटन प्रबद्र्धनमा थप टेवा पु¥याउने अपेक्षा गरिएको हो । […]
गुलरिया (बर्दिया), मङ्सिर ७ गते । जिल्ला निर्वाचन कार्यालय बर्दियामा नयाँ मतदाता थपिने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म दुई हजार ४०८ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । हाल जिल्लामा थपिएका मतदाता अधिकांश युवापुस्ताका रहेका छन् । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रबाट सिधै मतदाता नामावलीमा दर्ता गर्न सकिने व्यवस्था गरेपछि आवेदन दिनेको सङ्ख्या बढेर पाँच हजार […]
कल्याणपुर (सप्तरी) मङ्सिर ७ गते । सप्तरीको शम्भुनाथ नगरपालिकामा क्रिकेट खेलेर घर फर्किएका दाजु–भाई मध्ये भाईको बेहोस भएर मृत्यु भएको भएको छ भने दाजु बेहोस भएर अस्पताल भर्ना भएका छन् । शनिबार घर नजिकै रहको खेल मैदानमा क्रिकेट खेलेर घर फर्किएका शम्भुनाथ नगरपालिका १ निवासी १३ वर्षीय राकेश यादवको यसरी मृत्यु भएको हो भने १६ […]
काठमाडौँ, मङ्सिर ६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो । संविधान र लोकतन्त्रका लागि आयोजित जनसभा पार्टीको जनपरिचालनअन्तर्गतको अन्तिम चरणका रूपमा आयोजना गरिएको सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो […]
काठमाडौँ, मङ्सिर ६ गते । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गुर्खाजलाई पाँच विकेटले हराउँदै विराटनगरले दोस्रो जित दर्ता गरेको हो । सुरुमा ब्याटिङ गरेको काठमाण्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर १ बलमा पूरा गरेको हो । काठमाण्डुले पुरै २० ओभर […]
काठमाडौँ, मङ्सिर ६ गते । राष्ट्रिय जनमोर्चाले जेनजी आन्दोलन हुनुका पछाडिका कारणबारे १२ बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ । शनिबार यहाँ सार्वजनिक अवधारणापत्रमा देशको राजनीति र आन्दोलनलाई समेत सही दिशा निर्देशन गर्नुपर्ने जिम्मेवारी आएको उल्लेख छ । “हामीले उपर्युक्त परिस्थितिमा सही दिशा निर्देशन गरेर देशलाई अगाडि बढाउनुपर्छ, अन्यथा देश अप्ठेरोमा पर्न सक्छ”, अवधारणापत्रमा भनिएको छ […]