काठमाडौँ, भदौ २८ गते । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन गर्दै तीजका दिन व्रतालु महिला, दर्शनार्थी तथा भक्तजनलाई सहज, व्यवस्थित र सुरक्षित रूपमा दर्शन गराउने व्यवस्था मिलाएको जानकारी दिएको हो । कोषका अनुसार यस वर्षको हरितालिका तीज […]
काठमाडौँ, भदौ २८ गते । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । चीनको निमन्त्रणामा यही भदौ २८ गतेदेखि असोज ३ गतेसम्म हुने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने तेह्रौं बेइजिङ सियाङशान मञ्चमा समेत सहभागी हुनुहुने कार्यक्रम रहेको नेपाली सेना, जनसम्पर्क तथा […]
काठमाडौँ, भदौ २८ गते । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा (एमाले) का नेता आवासीय बैठकमा व्यस्त छन् । गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयलगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनः गठनका लागि सुझाव दिन गठित सो कार्यदलमा रहेका पदाधिकारी […]
दमास्कस, भदौ २८ गते । विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढेको र आन्तरिक परिष्करण क्षमतामा कमी आएको भन्दै सिरियाले आइतबार इन्धन तथा खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ तथा खनिज स्रोतको मूल्य निर्धारण सम्बन्धी स्थायी समितिले जारी गरेको नयाँ मूल्यसूची अनुसार, ९५-अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ सिरियन पाउन्डबाट […]
बागलुङ, भदौ २८ गते । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा परम्परागत रुपमा ढुंगामाटोले बनेका घरलाई काठका फलेकले छाउने चलन छ । खोलाखोल्सीमा पनि काठका स–साना पुलपुलेसा राखिन्छ । पशुचरन गर्ने पाटनमा घाँस नकाट्ने अझै चलन छ । रासायनिन मल भित्रिन नदिन रैथाने अन्नबालीमा कम्पोष्ट मल मात्रै प्रयोग गरिन्छ । ३ हजार मीटर उचाइमा बसोबास गर्ने […]
काठमाडौँ, भदौ ३ गते । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् । एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् । सन्दीपले हालसम्म एकदिवसीयमा १५८ र टी-२०आई क्रिकेटमा १४२ विकेट […]
काठमाडौँ, भदौ २७ गते । नेपाल टेलिकमले अभिनेत्री तथा मोडल नीति शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी र शाहले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । ब्रान्ड एम्बेसडर बनेसँगै शाहले कम्पनीले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाको प्रचारप्रसार र ब्रान्ड प्रवर्धनसम्बन्धी कार्यमा भूमिका खेल्ने जनाइएको छ । प्रबन्ध निर्देशक पहाडीले मनोरञ्जन […]
लेखनाथ, भदौ २७ गते। पृथ्वीचोकस्थित पोखरा बसपार्कमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया आइतबारदेखि पुनः सुरु हुने भएको छ । भूमिहीनका लागि जग्गा खोजी तथा बीचमा बिक्री भएका जग्गाको छानबिन गर्न बसपार्क खाली गराउने अभियान केही समय रोकिएको थियो । भोटेकोसीमा आएको बाढीपछि उद्धार तथा राहतका काममा प्राथमिकता दिनुपरेकाले अभियान केही दिन रोकिएको पोखरा […]
वासिङ्टन, भदौ २७ गते । मध्यपूर्वमा पुनः चर्किएको द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अमेरिकामा मुद्रास्फीति थप तीव्र भएको छ । यसले आगामी मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्ताको खर्च र जीवनयापनको लागतसम्बन्धी चिन्ता थप बढाएको छ । अमेरिकी श्रम विभागका अनुसार अगस्ट महिनामा उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ४ प्रतिशत बढेको छ […]
काठमाडौँ, भदौ २७ गते । ओपनर आसिफ शेखको शतकको मद्दतमा एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ३१४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनायो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले […]