काठमाडौँ, १२ असोज : नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो । […]
मलेखु (धादिङ), १२ असोज : मानव अधिकारका लागि महिला, एकल महिला समूहको राष्ट्रिय भेला धादिङवेसीमा सुरु भएको छ । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले भेलाको उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले एकल महिलाको मागलाई राज्यले इमान्दारीपूर्वक सम्बोधन गर्नुपर्ने बताउनुभयो । एकल भएर बस्नुपर्दा भोग्नुपरेको अपमान, घृणा र जतिबेला पनि असुरक्षित […]
काठमाडौँ, १२ असोज : नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ । केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार उनलाई अहिले काठमाडौँ ल्याइँदै छ । चलचित्र ‘रावायण’ मा खेल्नका […]
काठमाडौँ, १२ असोज : प्रधानमन्त्रीको जिम्मेबारीसमेत सम्हाल्नुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मूल्य वृद्धि र कलोबजारी कडाइका साथ नियन्त्रण गर्ने गरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ । बजारमा अस्वभाविक रूपमा मूल्य वृद्धि भएको जनगुनासो बढेको भन्दै उहाँले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे जानकारी लिँदै उक्त निर्देशन दिनुभएको हो । […]
दोधारा चाँदनी (कञ्चनपुर), ११ असोज ः कञ्चनपुरका विभिन्न सरकारी कार्यालयमा गुनासो पेटिका राखिए पनि उपयोगविहीन बनेका छन् । सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती तथा अनियमितताबारे सेवाग्राहीको गुनासोको सुनुवाइ गर्न राखिएका गुनासो पेटिका अहिले प्रयोगमा आएको देखिँदैन । प्रविधिको विकास र सहज पहुँचका कारण ती गुनासो पेटिका प्रयोगविहीन बनेका हुन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरको कार्यालय प्रवेश […]
ल्हासा (चीन), ११ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा आउनुभएको थियो । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नुहुनेछ र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उहाँका साथमा भ्रमण […]
काठमाडौँ, ११ असोज ः ट्राफिक प्रहरीले आसन्न चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न दुई सय ३५ चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ । ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोँगबुको आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालिको सहयोगमा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको हो । नयाँबसापार्क भित्र बुधबार भएको प्रशिक्षणमा चाडपर्वमा यात्रुलाई सुरक्षित गन्तव्यस्थलसम्म कसरी सहजै लैजान […]
म्याग्दी, ११ असोज : म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो । छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेका अस्पतालका प्रमुख चिकित्सक डा […]
काठमाडौँ, ११ असोज ः विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका […]
काठमाडौँ, ११ असोज ः सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (बास) सेवाहमा विश्वव्यापी, समतामूलक, समावेशी र दिगो पहुँचका सिद्धान्तलाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्यअनुरूपका राष्ट्रिय लक्ष्य पूरा गर्ने प्रतिबद्धतासहित २० बुँदे घोषणापत्र जारी गरी खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । खानेपानी मन्त्रालयको आयोजनामा मङ्गलबारदेखि सुरु सम्मेलनले जनस्वास्थ्य, वातावरणीय दिगोपना र […]