रामपुर (पाल्पा), १८ मङ्सिर : रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ । रामपरु नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो । व्यवसायी लोकमाया रानाले कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताउनुभयो । गत जेठमा उहाँका छोरा […]
गल्याङ, १८ मङ्सिर : स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो । सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको र यस […]
काठमाडौँ, १८ मङ्सिर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९ र २०गते हुने छ । सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले नेपाली […]
गोरखा, १७ मङ्सिर : गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको गोरखा दरबार सङ्ग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ । शैक्षिक भ्रमणको याम सुरु भएसँगै सङ्ग्रहालयमा गोरखाको इतिहास अध्ययन गर्न आउने विद्यार्थीको अत्यधिक चाप बढ्नुले गोरखा सङ्ग्रहालय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पाइएको हो । विभिन्न जिल्लाबाट […]
काठमाडौँ, १७ मङ्सिर : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् सरोज […]
काठमाडौँ, १७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय गर्न यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले […]
काठमाडौँ, १७ मङ्सिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुहुने बताइएको छ । बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, सङ्गठन विभाग प्रमुख राजाराम […]
धनकुटा, १७ मङ्सिर : धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन् । अहिले धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकाको सबै ठाउँमा ढोलनाच, मारुनी नाच तथा भोज खाएर चाड […]
भक्तपुर, १७ मङ्सिर : चाँगुनारयण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउन लागिएको छ । यसका लागि नगरपालिकाले प्रत्येक वडालाई विपद् व्यवस्थापनयुक्त बनाउन आवश्यक कार्यक्रम कार्यान्वयनमा ल्याइएकोे छ नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका घोषणा गर्न ‘एक समुदाय, एक प्रथम उद्धारकर्ता टोली’ तयार गर्न चालु आर्थिक वर्षमा नगरपालिकाले वडास्तरमा द्रुत प्रतिकार्य टोली गठन गरी प्रशिक्षण दिएर दक्ष जनशक्ति तयार […]
काभ्रेपलाञ्चोक, १७ मङ्सिर : काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित प्रदेशस्तरीय गुरुकुल विद्यालय भवन बनाउन शनिबारदेखि महायज्ञ सुरु गरिएको छ । ‘शचीतिर्थ त्रिवेणी गुरुकुल’ नामकरण गरिएको उक्त विद्यालयको भवन हाल निर्माण थालिएकोे छ । पनौती नगरपालिका–६ गोरखनाथ मन्दिर नजिक निर्माणाधीन अवस्थामा रहेको विद्यालय भवन बनाउन महायज्ञ आयोजना गरिएको स्थानीय युवा पण्डित अच्युत भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार […]