काठमाडौँ, १६ भदौ : नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्नुहुने माओवादीले जनाएको छ । मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक […]
मेलम्ची (सिन्धुपाल्चोक) १५ भदौ नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए । नाका खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट […]
काठमाडौँ, १५ भदौ आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ । मलेसियाको क्वालालाम्पुरमा भरखरै सम्पन्न टसमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । प्रतियोगितामा नेपालले बहराइनलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा छ । हिजो भएको पहिलो खेलमा […]
पाँचथर, १५ भदौ : पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल छ प्रहरी मात्र कार्यरत छन् । मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो । सोही निर्णयबमोजिम बुधबार प्रहरी […]
गोरखा, १५ भदौ : पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । सुक्खा पहिरो पन्छाउन समय लाग्ने उहाँले बताउनुभयो । अहिले आँबुखैरेनीबाट गोरखा […]
म्याग्दी, १५ भदौ म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिनुुभयो । “परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो”, उहाँले भन्नुुभयो, […]
काठमाडौँ, १५ भदौ सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् । राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गर्नुभएको छ […]
काठमाडौँ, १५ भदौ भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो । […]
भक्तपुर, १४ भदौ : मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गए राति एक जनालाई पक्राउ गरेको छ । सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको हो । […]
काठमाडौँ, १४ भदौ ः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । बुधबार तोलाको रु एक लाख १२ हजार पाँच सय रहेको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार आठ सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु […]