इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । “तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई वर्ष […]
लुम्बिनी, १२ पुस : बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अगाडि बढाइएका छन् । बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगर सभाको १४औँ अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै विभिन्न योजना अगाडि बढाएको बताउनुभयो । उहाँले चालु आवमा मोतीपुर र बेलबासमा १५–१५ श्ययाका अक्सिजन सुविधासहितका […]
चितवन, ११ पुस : गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मङ्गलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी नदीको भुताहा पोष्टमा डल्फिन देखिएको थियो । गएको वर्ष पनि […]
काठमाडौँ, १० पुस : मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा सहयोग पु¥याउने विकासका पूर्वाधारमध्ये यातायात क्षेत्र महत्वपूर्ण मानिन्छ । राष्ट्रिय यातायात क्षेत्रको समुचित विकासले मात्रै मुलुकलाई वास्तविक विकासमा परिणत गर्न सकिने यातायात क्षेत्रका विज्ञहरुले बताएका छन् । सरकारले आर्र्थिक, सामाजिक विकास, गरिबी निवारण, दिगो शान्तिका लागि पूर्वाधारको विकासमा योगदान पुग्ने गरी स्तरीय, भरपर्दाे, सुलभ र […]
काठमाडौँ, ११ पुस : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताउनुभएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश दिनुहुँदै उहाँले ज्येष्ठ नागरिकसँग रहेको अन्तर्निहित ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले जीवनोपयोगी शिक्षा ग्रहण गरी समाजको अग्रगति तथा मुलुकको विकासमा सदुपयोग […]
ढोरपाटन (बागलुङ), ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गर्नुभएको छ । सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि आज यहाँ आउनुभएका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गर्नुभएको हो । मन्दिरका मूल पूजारी जयबहादुर खड्काको उपस्थितिमा राष्ट्रपति पौडेलले करिब २० मिनेट पूजा आराधना गर्नुभएको थियो । सो अवसरमा कालिका भगवती […]
काठमाडौँ, ११ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ । तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सरकारले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै […]
काठमाडौँ, ११ पुुस : लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता र पाठ्यपुस्तकको सहज उपलब्धता हुनुलगायतका उपलब्धि वर्तमान सरकारको एक वर्षको अवधिमा देखिएका छन् । मुलुकमा नयाँ सङ्घीय गणतन्त्रसहितको संविधान जारी भएपछि हरेक क्षेत्रमा मौलिक हक र प्रशासनिक पुनःसंरचनाका लागि अत्यावश्यकमध्ये विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पनि लिइएको छ । नेपाल सरकारले निःशुल्क र […]
त्रिवेणी (रुकुमपश्चिम), ११ पुस : रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी […]
नवलपुर (नवलपरासी), ११ पुस : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राकेश झाका अनुसार अहिले एकतर्फी कालोपत्रसँगै […]