दसैँका लागि अग्रीम टिकट बुकिङ खुला

काठमाडौँ, २२ असोज ः सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्रिम टिकट बुकिङ खुला गरेको हो । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले […]

अर्थमन्त्री डा महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

काठमाडौँ, २२ असोज : अर्थमन्त्री डा प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को तर्फ प्रस्थान गर्नुभएको छ । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने भएको छ । यही असोज २२ गतेदेखि २८ गतेसम्म हुने बैठकको मूल नारा’ ग्लोबल […]

इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त

काठमाडौँ, २२ असोज : पूर्वमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले इजरायलमा भएको हिंसात्मक हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति प्रकाशन गरी सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विषय अध्ययन गर्न गएका विद्यार्थी आतङ्ककारीको हिंसात्मक आक्रमणमा परी दुःखद् मृत्यु भएको समाचारले आफू स्तब्ध भएको भन्दै निधन भएका […]

सरकार र शिक्षक महासङ्घबीचको सहमति सदनमा पेस

काठमाडौँ, २१ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यही असोज ५ गते र असोज १० गते नेपाल शिक्षक महासङ्घ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउनुभएको छ । सभामुख देवराज घिमिरेको निर्देशनमा प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिका सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री राईले सो सहमतिबारे […]

सर्वसम्मत नेतृत्व चयन हुनपर्नेमा अध्यक्ष ओलीको जोड

सुदूरपश्चिम, २१ असोज : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनले नेतृत्व चयनमा नयाँ सन्देश दिनसक्नुपर्ने बताउनु भएको छ । नेकपा एमालेको आज धनगढीमा शुरु भएको पहिलो प्रदेश अधिवेशनको उद्घाटन गर्दै उहाँले प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीका प्रतिनिधिलाई निर्देश गर्नुभयो । नेतृत्वले गर्ने मूल्याङ्कन नमानेर आफ्नो आफै मूल्याङकन गर्ने […]

आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारी

काठमाडौँ, २१ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारीका लागि सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको आप्तकालीन जनस्वास्थ्यको पूर्व तयारीका सम्बन्धमा क्षमता विकास अभिवृद्धि गोष्ठीमा उहाँले आपत्कालीन जनस्वास्थ्य तथा प्राकृतिक विपत्तिका घटनामा सबै सरोकारवाला निकायहरुबीच एकीकृत शक्तिलाई बलियो बनाएर […]

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौँ, २१ असोज : नेपाल प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू गरेको छ । विषेश सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार पाँच ३० जना प्रहरीहरु खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै […]

सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्न शिक्षामन्त्री राईको आग्रह

काठमाडौँ, २१ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरोकारवालासँग भएका सहमति र मागलाई ध्यानमा राखेर विद्यालय शिक्षा विधेयक, २०८० पारित गराउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विधेयकमाथिका सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री राईले सदनमा विधेयक दर्ता भइसकेपछि नेपाल शिक्षक महासङ्घलगायत पक्षहरुले गरेका आन्दोलनपछि भएका सहमतिबारे जानकारी गराउनुभयो । सो […]

स्वास्थ्य बीमामा जोडिएका बिरामी प्रत्येक महिना अस्पताल धाउन पर्दा हैरानी

काठमाडौँ, २० असोज : प्रत्येक महिना अनिवार्यरुपमा अस्पताल पुगेर स्वास्थ्य जाँचपछि मात्र औषधि लिन पाउने प्रावधानले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई अप्ठेरो झेल्नुपरेको छ । यसअघि स्वास्थ्य कार्यक्रममा सहभागि बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि अस्पतालबाट तीन महिनाका लागि औषधि उपलब्ध गराइँदै आएको थियो । पछिल्लो समय दुर्गम भेगबाट आएका बिरामीसमेतलाई एक महिनाका लागि मात्र औषधि […]

गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्म निःशुल्क

चितवन, २० असोज : खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क प्राप्त गर्ने भएका हुन् । नगरपालिकाले ‘उप-प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार’ कार्यक्रममार्फत यस्तो सुविधाको उपलब्ध गराएको हो । नगर […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल