काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेतबाट हटाउन प्रपञ्च रचेका छन् । सभापति लामिछानेले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन लागेका हुन् । आफ्नो आलोचना नरुचाउने लामिछानेले ढकालाई सबैभन्दा ठूलो समस्या देखेका छन् । सभापति लामिछानेको निर्देशनमा कार्यवाहक महामन्त्री कविन्द्र […]
काठमाडौं । एनसेलका सबै मोबाइल नम्बर/ग्राहकहरूले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरूले पठाएका वान टाइम पासवर्डहरू (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरू आफ्नो मोबाइलमा प्राप्त गर्न सक्छन् । यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाहरूले विशेष गरि केवाईसीमा मोबाइल नम्बर चाहिने र आम नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी […]
चलचित्र ‘छक्का पञ्जा-५’को हालै सार्वजनिक भएको गीतलाई लिएर गायिका ज्योति मगरले आपत्ति जनाएकी छन्। दीपकराज गिरी र दीपक शर्माको शब्द लेखनमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको गीत ‘बिहे भको छैन…’ गीतलाई लिएर गायिका मगरले आपत्ति जनाएकी हुन् । ‘अभद्र र अर्मादित’ गीत गाएको भन्दै पछिल्लो समय तीज गीत माथि टिका-टिप्पणी भइरहेको छ । […]
काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो। आजको बैठकमा केन्द्रीय समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने कार्यक्रम रहेको छ। गत शुक्रबारदेखि जारी बैठकमा नेतृत्वको विकल्प,विचार संश्लेषण,पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरिरहेका छन्। स्थायी […]
काठमाडौं। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै जिम्मा स्थानीय तहलाई दिइएको छ। उक्त कार्यक्रमको पुनर्संरचना गरी चालु आर्थिक वर्षदेखि स्थानीयकरण गरिएको हो। हालसम्म कार्यक्रमहरू स्थानीय निकायले कार्यान्वयन गर्ने तर मोडालिटी भने संघीय सरकारले तय गर्ने गरिएको थियो। अब सो मोडालिटी पनि स्थानीय निकायले नै तय गर्ने जिम्मा दिइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत […]
काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । यस्तै, दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहसपछि धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुनेछ । झाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । झाले बधुबार न्यायाधीश तीर्थराज केसीको इजलासमा बयान दिएका थिए । इजलासमा झाको बयान […]
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर साधारणतया बदली रहेको छ। बागमती र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। पछिल्लो चौबीस घन्टामा ओखलढुंगामा ८१.६, संखुवासभाको […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगी वा हितैसी जनले तपाईंको कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नुपर्ला । व्यापार तथा […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन् । मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत […]