काठमाडौँ, भदौ ८ गते । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्न काठमाडौँ आइपुग्नुभएको छ । उहाँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहनुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ […]
नारायणगढ, भदौ ८ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका परी मृत्यु भएकामध्ये १६ शवको पोष्टमार्टम भएको छ । भरतपुर अस्पतालमा अहिलेसम्म १६ शवको पोष्टमार्टम भइसकेको जनाइएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले अस्पतालका फरेन्सी विज्ञ डा. कश्यप श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय चिकित्सकहरुको टोलीले शवको पोष्टमार्टम […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि […]
काठमाडौँ, भदौ ६ गते। सरकारले सर्तसहित टिकटक खुला गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको […]
दैलेख, भदौ ७ गते । नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने भन्दा पनि आफू अनुकूल प्रशासन चलाउने र आर्थिक अपचलन गर्नेतर्फ उन्मुख हुँदा स्थानीय तहमा बेरुजु बढ्दै गएको छ । कानुनविपरीत सेवा सुविधा, अबन्डा बजेट, सवारीसाधन खरिद, इन्धन र मर्मत, कर्मचारी भर्ना, गुरुयोजना निर्माण, उपभोक्ता समितिमार्फत विकास निर्माणका काममा स्थानीय तहले मनलाग्दी […]
जनकपुरधाम, भदौ ७ गते । सङ्घ सरकारका गृहमन्त्री रमेश लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास गर्नुभएको छ । शुक्रवार आयोजित एक कार्यक्रमका बिच गृहमन्त्री लेखकले सो भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यासको क्रममा उहाँले निर्माणको क्षेत्रमा पटक पटक समस्या आइरहेका कारण समयमा सीमालाई मध्यनजर गर्दै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले […]
हेटौँडा, भदौ ७ गते । हेटौँडामा लडेर शुक्रवार बिहान एक वृद्धाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौर स्थित ओम्याक्स हल अगाडि. बिहान चार बजे स्थानीय ७६ वर्षीया शंखमाया लामाको लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लामाको आफ्नै घरको दोस्रो तलाको बरन्डाबाट लडेर घटनास्थलमै मृत्यु भएको छ । […]
नेपालगञ्ज (बाँके), भदौ ७ गते । सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका […]
धनगढी, भदौ ७ गते । प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ । थारू÷रानाथारू समुदाय र सत्तापक्षकै केही प्रदेश सभा सदस्यको विरोधका बिच उक्त विधेयक पारित भएको हो । थारू/रानाथारू समुदायको समावेशी कोटाप्रति असन्तुष्टि जनाउँदै सत्तापक्ष नेपाली कांग्रेसका प्रदेश सभा सदस्य गीता चौधरी र नागरिक उन्मुक्ति पार्टीका […]
सर्लाही, भदौ ७ गते । सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा ट्याक्टरमा राखेर खाद्यान्न ढुवानी गर्न थालिएको छ । अत्यावश्यक काम परेका स्थानीयसमेत खाद्यान्न बोकेको ट्याक्टरमै चढेर लालबन्दी बजारसम्म आउजाउ गर्न थालेका छन् । बर्खा लागेदेखि नारायणखोलामा बस सञ्चालन भएको छैन । सडक सञ्जालमा नजोडिएको सर्लाहीको साबिक नारायणखोला गाविस (हालको लालबन्दी नगरपालिका–१४, लखन्देही र डाइनीखोला भएर […]