काठमाडौँ, मङ्सिर ९ गते । नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल फिल्म सोसाइटीको १२ औँ साधारण सभाबाट अभिनेता मल्ल अध्यक्ष पदमा चयन हुनुभएको हो । सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित हुनुभएको छ । त्यसै गरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, […]
काठमाडौँ, मङ्सिर ९ गते । काठमाडौँ महानगरले नयाँ बसपार्कभन्दा बाहिर रहेका लामो तथा छोटो दुरीका बसको टिकट काउन्टर हटाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाले निर्णय कार्यान्वयन गर्न पटक पटक प्रयास गरे पनि व्यवसायीले अटेर गरेपछि कार्यान्वयन हुन नसकेको हो । महानगरले २०८० भदौमा काउन्टर हटाउने निर्णय गरेको थियो । एक वर्षपछि २०८१ साउन १ […]
काठमाडौँ, मङ्सिर ९ गते । आर्थिक वर्ष २०७९/८० मा ७५३ स्थानीय तहमध्ये २०३ वटा स्थानीय तहले सार्वजनिक खरिद नियमावलीविपरीत विकास निर्माणका जटिल संरचना निर्माण गरेका छन् । महालेखाको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा २६९ वटा स्थानीय तहले मेसिनरी सामानको प्रयोग गरी उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गराएका छन् । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३२३ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । मन कल्पना र भावनामा अलमलिन […]
काठमाडौँ, मङ्सिर ८ गते । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुईसय रुपियाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् […]
लहान,मङिसर ८ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशको विकास नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नै गर्ने बताउनुभएको छ। नेपाली कांग्रेसका अगुवा नेता कार्यकर्तासँग शनिबार सिरहाको लहानमा भेटघाट गर्ने क्रममा यस्तो बताउनुभएको हो। सातवटै प्रदेशको तुलना गर्दा मधेशको विकास सबैभन्दा कम भएको गुनासो बढिरहेको उहाँले भन्दै जनमत पार्टीको नेतृत्वमा रहेको सरकारले मधेशको विकासको लागि […]
तौलिहवा (कपिलबस्तु), मंसिर ८ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको संरक्षण र सम्बर्धन गर्नुपर्ने बताउनुभएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका –२ नन्दनगरस्थित कैलाश आश्रममा महायज्ञको उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सानो भुगोलमा हामीसँग विविधता पूर्ण संस्कृति रहेको हुनाले यसको जगेर्ना र संरक्षण गर्न सबैको दायित्व रहेको बताउनुभयो । […]
काठमाडौं, मंसिर ८ गते । चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ । शनिवार नेपालका लािग चिनियाँ राजदुत छन सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गर्नुभएको हो । विद्युतीय सवारी हस्तान्तरण गर्दै राजदुत सोङले चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउन चीन प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रममा […]
काठमाडौँ, मङ्सिर ८ गते। बाल अधिकार रक्षकको तीन दिने राष्ट्रिय भेला काठमाडौँमा सुरु भएको छ। बाल विवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिकाको सभागिता अभिवृद्धि गर्ने तथा दक्षिण एशियामा बाल विवाह रोकथामको क्षेत्रीय मूल्यांकन एवं कार्ययोजना तय गर्ने उद्देश्यले बाल अधिकारका क्षेत्रमा कार्यरत विभिन्न ६ वटा संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो। नव अधिकार आयोग, […]
नयाँदिल्ली, मङ्सिर ८ गते । विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ । कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अदानी समूहका अध्यक्षसमेत रहनुभएका अदानीले र उहाँको समूहलाई आरोपले क्षणिकरुपमा क्षति पुर्याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने विश्लेषकहरुले […]