alliance khabar

शनिबार, मंसिर ०८, २०८१

तौलिहवा (कपिलबस्तु), मंसिर ८ गते ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको संरक्षण र सम्बर्धन गर्नुपर्ने बताउनुभएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका –२ नन्दनगरस्थित कैलाश आश्रममा महायज्ञको उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सानो भुगोलमा हामीसँग विविधता पूर्ण संस्कृति रहेको हुनाले यसको जगेर्ना र संरक्षण गर्न सबैको दायित्व रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस्ता कार्यक्रमले एउटा अभियान, जागरण र जागृति सिर्जना गर्नेछ ।’ समयको आवश्यकताअनुसार जसले अंग्रेजी र संस्कृतिमा योग्यता राख्यो त्यो व्यक्ति कँही पराजित नहुने मन्त्री पाण्डेले बताउनुभयो ।

उहाँले संस्कृति भाषालाई जननी भाषा पनि भन्ने गरेको उहाँको भनाइ छ । संस्कृति भाषाको दर्शन र साहित्य बुझ्ने मान्छे यो समाजको लागि योग्य पत्रको रुपमा रहेको बताउनुभयो ।

महायज्ञको मुख्य उद्देश्य बैदिक सत्य सनातन धर्मको रक्षा, राष्ट्र र विश्व शान्ति तथा मनकामना संस्कृत विद्यापिठ गुरुकुलको संरक्षण गर्नु रहेको छ । हाल गुरुकुलमा १ सय २५ जना बटुक अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल