काठमाडौँ, मङ्सिर ३० गते : प्रधानमन्त्री एवम् नेकपा (एमाले) का केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सो पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई आइतबार सम्बोधन गर्नुहुँदै […]
काठमाडौं, मङ्सिर ३० गते : राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ । सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा […]
लहान, मङ्सिर ३० गते : सुखीपुर नगरपालिका–३ सलमपुरमा भरत साहको किराना पसलमा रहेको ग्यास सिलिण्डरबाट ग्यास चुहिएर आगो लाग्दा आठ लाखभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीले जनाएको छ । प्रहरी निरीक्षक रविनराज मैनालीका अनुसार शनिबार राती नौ बजेतिर भरत साहको किराना पसलभित्र राखिएको ६ वटा ग्यास सिलिण्डरमा लिक भएर आगो लाग्दा दुई वटा […]
टीकापुर, मङ्सिर ३० गते : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक आफू पढेको विद्यालय वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सवलाई दिने घोषणा गर्नुभएको छ । ‘म पढेको विद्यालयको स्वर्ण महोत्सवमा एक महिनाको पारिश्रमिक दिन्छु, देश विदेशमा रहेका, पेशा व्यवसायमा रहेका, सरकारी निकायमा बसेका पूर्व विद्यार्थीले थोरथोरै सहयोग गरे ठुलो सहयोग जुट्छ’ आइतबार वीरेन्द्र […]
पर्सा, मङ्सिर ३० गते : पर्साको वीरगज्ज महानगपालिका–६ लाटगलिबाट सशस्त्र प्रहरी बलले ३० लाख रुपियाँभन्दा बढीको कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र वीरगञ्ज भन्सार कार्यालयबाट नायब सुब्बा हफिज उल्लाह अंसारीसहितको संयुक्त टोलीले भन्सार […]
काठमाडौँ, मङ्सिर ३० गते : विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ संघारमा उभिएको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पूरा गरेको हो । पराजित विराटनगर यसअघिनै प्लेअफ होडबाट बाहिरिसकेको छ […]
नैरोबी, मङ्सिर २९ गते : अत्यधिक चिकित्सा खर्चले अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेल्दै गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । बिहीबार विश्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा सार्वजनिक गरेको ‘ट्र्याकिङ फाइनान्सियल प्रोटेक्शन’ प्रतिवेदनमा डब्ल्यूएचओले उक्त तथ्याङ्क उल्लेख गरेको छ । अफ्रिकाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले […]
नारायणगढ, मङ्सिर २९ गते : उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर मात्रै विकास योजनालाई प्राथमिकता दिने बताउनुभएको छ । भरतपुर विमान स्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले विकास निर्माणकै काम देखिने काम भएकाले यसमा लाग्नुपर्ने बताउनुभयो । “विकास निर्माणको काम एक हप्ता एक महिनामा देखिने काम होइन । यो […]
काठमाडौं, मङ्सिर २९ गते : नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौंले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । यो जितसँगै काठमाडौं गुर्खाज प्लेअफ नजिक पुगेको छ । काठमाडौंको […]
बैङ्कक, मङ्सिर २९ गते : थाइल्याण्डको ताक प्रान्तमा वार्षिक उत्सवको क्रममा बम विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएका छन् । प्रधानमन्त्री पटोङ्गटार सिनावात्राले शुक्रबार मध्यरातमा भएको विस्फोटमा मृतक र घाइतेहरूको परिवारप्रति सामाजिक सञ्जाल पोष्टमार्फत गहिरो समवेदना व्यक्त गर्नुभयो । पाइतोङटार्नले प्रहरी र सुरक्षा निकायलाई घटनाको तुरुन्त अनुसन्धान गर्न, दोषीलाई पक्राउ […]