काठमाडौँ, असोज २३ गते । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार […]
स्याङ्जा, असोज २३ गते । अर्जुनचौपारी गाउँपालिकाले पालिकाभित्रै आयुर्वेदिक औषधी उत्पादन गर्न थालेको छ । गाउँपालिकाको आयुर्वेद शाखा मार्फत दुई वटा मेसिनको प्रयोग गरेर आयुर्वेदिक औषधी उत्पादन थालेको हो । स्थानीय स्तरमा पाइने हर्रो, बर्रो, अमला, बेसार, लसुन, टिमुर, काफल, चुत्रो, निम, असुरो, हडचुर, तितेपाति, धयरी जडिबुटीहरूको खोज र खरिद गरेर औषधी उत्पादन गरिएको हो […]
काठमाडौँ, असोज २३ गते । पोखराको चर्चित लिचीबारी जग्गा नामसारी गरिदिने प्रयोजनका लागि घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार विशेष अदालत काठमाडौँमा दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठलाई प्रतिवादी […]
काठमाडौँ, असोज २२ गते । संयुक्त अरब इमिरेट्स (युएई) ले आप्रवासीलाई भ्रमण भिसासम्बन्धी नयाँ नियम लागु गरेको छ । नयाँ नियम अनुसार युएईमा भ्रमण भिसामा जान चाहने परिवार, आफन्त वा साथीलाई प्रायोजन (स्पोन्सर) गर्न स्पोन्सरको आम्दानीको स्रोत मासिक चार हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्ने प्रावधान लागु गरेको हो । नयाँ प्रावधान अनुसार युएई भ्रमणका लागि […]
काठमाडौँ, असोज २२ गते । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पूनर्निर्माण कोषमा एक करोड ५० लाख रुपियाँ सहयोग गरेको छ । मङ्गलबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सो रकम बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गर्नुभएको हो । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षति भएका […]
काठमाडौँ, असोज २२ गते । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण आव (सन् २०२५/२६) मा आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान विश्व बैङ्कले गरेको हो । दक्षिण एसियाको […]
काठमाडौँ, असोज २२ गते । मधेश प्रदेशमा नयाँ सरकार निर्माणका लागि दलहरूबिच संवाद सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबिच नयाँ सरकार निर्माणका लागि सहकार्यका सन्दर्भमा छलफल भएको हो । अध्यक्ष ठाकुरले भन्नुभयो, “सङ्घीय सरकारमा सहकार्य गर्दा मधेश प्रदेशमा लोसपा नेपाललाई मुख्यमन्त्री दिने समझदारी अनुसार छलफल […]
काठमाडौँ, असोज २२ गते । सर्वोच्च अदालतले रिट निवेदनको नियमित सुनुवाइ प्रक्रिया प्रारम्भ गर्न परामर्श थालेको छ । इजलास र मिसिल व्यवस्थापन नभएसम्म नियमित सुनुवाइमा फर्कन नसकेको अवस्थामा रिट निवेदन सुनुवाइको परामर्श अदालतले गरेको हो । जेनजी आन्दोलनका क्रममा भवन तथा मिसिल जलेपछि अदालतमा करिब एक महिनादेखि नियमित सुनुवाइ हुन सकेको छैन । प्राङ्गणमा पाल […]
काठमाडौँ, असोज २२ गते । कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसन (नेबाए) ले वैधानिक संयन्त्र बाहिरबाट न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायालय सञ्चालन गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । जेनजी आन्दोलनका अगुवाले प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतलाई हटाउन माग राखेपछि बारले वक्तव्यमार्फत आपत्ति जनाएको हो । बार महासचिव केदार कोइरालाले विज्ञप्तिमार्फत निर्देशित न्यायालय […]
काठमाडौँ, असोज २२ गते । सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकट लिएर मात्रै यात्रा गर्न यातायात व्यवसायी महासङ्घले अनुरोध गरेको छ । टिकटबिना र मनलाग्दी भाडा लिएको गुनासो बढेको भन्दै महासङ्घले मातहतका निकाय र व्यवसायीलाई टिकट लिएकालाई मात्र यात्रा गराउन निर्देशन दिएको हो । यात्रुले टिकट काट्दा भाडादरमा एक रूपता हुनुका साथै सुरक्षा र विपत्जोखिम न्यूनीकरणमासमेत सहयोग पुग्ने नेपाल […]