alliance khabar

बुधबार, कार्तिक १२, २०८२

तनहुँ, कात्तिक १२ गते ।

 तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाई मन्दिर संरक्षण, भौतिक पूर्वाधार विस्तार र धार्मिक पर्यटन प्रवर्धनका उद्देश्यसहित सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ भक्तजनको असाधारण सहभागितासँगै अर्थपूर्ण बन्दै गएको छ । महायज्ञमार्फत अहिलेसम्म ६० लाख रुपियाँभन्दा बढि दान सङ्कलन भएको आयोजक समितिले जनाएको छ ।

महायज्ञमा तीन परिवारले पाँच लाखभन्दा धेरै दान दिएका छन् । आँबुखैरेनी गाउँपालिका–३ निवासीहरु अणमान श्रेष्ठ र सरस्वती श्रेष्ठले पाँच लाख ११ हजार १११, त्यसैगरी अमृत केसी र गोमा केसीले पाँच लाख पाँच हजार पाँच सय ५८ रुपियाँ र महायज्ञ मूल समारोह समितिका संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङ र इन्द्रमाया तामाङले पाँच लाख एक हजार एक सय एक रुपियाँ दान गर्नुभएको छ ।

आयोजकका अनुसार हालसम्म सङ्कलित रकम ६० लाख रुपियाँभन्दा बढि भइसकेको छ भने कुल १० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञ कात्तिक ८ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।

छिम्केश्वरी पर्यटन विकास समितिले सङ्कलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार र बाटो तथा पार्किङ निर्माणमा प्रयोग गर्ने जनाएको छ । समितिले मन्दिर क्षेत्र संरक्षण, फूल तालिम केन्द्र स्थापना, भक्तजन आवागमन सहज बनाउने, विश्रामगृह निर्माण र सरसफाइ सुदृढीकरणलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारेको छ ।

आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले छिम्केश्वरी क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। गाउँपालिकाका पूर्व अध्यक्ष गिरबहादुर थापाले दीर्घकालीन दृष्टिकोणसहित मन्दिर क्षेत्र विकासमा निरन्तरता आवश्यक रहेको धारणा राख्नुभयो ।

महायज्ञ आँबुखैरेनी–३ हाट बजार क्षेत्रमा सञ्चालन भइरहेको छ, जहाँ वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको प्रवचनले भक्तजनलाई आध्यात्मिक अनुभूति गराइरहेको छ । समुद्र सतहदेखि दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपि हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक विश्वासअनुसार गोरखाको मनकामनामाईकी दिदीको रूपमा पूजिँदै आएकी छिम्केश्वरी र बुढीमाईको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल