alliance khabar

बुधबार, कार्तिक १२, २०८२

काठमाडौँ, कात्तिक १२ गते।

 जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले बुधबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

यसैगरी, बिहीबार र शुक्रबार कोशी र बागमती प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागमा अधिकांश बदली रही तराई भू–भागमा साधारणतया बदली रही एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ मङ्गलबार राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरीसकेको र तत्पश्चात् विस्तारै कमजोर हुँदै उत्तर–उत्तर पश्चिम दिशामा सर्दै आएको छ।

न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू–भाग नजिक आइ पूर्वतर्फ सर्दै बुधबार रातिदेखि कात्तिक १५ गते शनिबारसम्म नेपालको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने देखिएको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल