म्याग्दी, असोज २८ गते । जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् । पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । […]
काठमाडौँ, असोज २८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५७, आलु रातो प्रतिकिलो रु ५६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) […]
फिक्कल (इलाम), असोज २८ गते । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । दस दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ । सो सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा […]
काठमाडौँ, असोज २८ गते । सनसनीपूर्ण खेलमा लेग स्पिनर सन्दीप लामिछाने एक्लै पाँच विकेट र कप्तान रोहितकुमार पौडेलले अर्धसतकीय इनिङ्स खेलेपछि नेपालले कतारमाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा सोमबार राति भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा जितका लागि […]
बागलुङ (गलकोट), असोज २८ गते । बागलुङ जिल्लामा डेंगु सङ्क्रमणको सङ्ख्या बढेको छ । अघिल्लो साता मात्रै जिल्लाभर ११० जनामा भएको डेंगु सङ्क्रमण बढेर २५७ पुगेको छ । डेंगु बढेपछि बागलुङ बजारमा खोज र नष्ट गर अभियान सोमबारदेखि थालिएको छ । डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि बागलुङमा सोमबारदेखि ‘खोज तथा नष्ट’ अभियान सुरू गरिएको […]
काठमाडौँ, असोज २८ गते । नेपालको पुँजी बजार नियमन गर्ने दुई प्रमुख निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारी सेवा सुविधा कटौतीको विरोधमा निरन्तर आन्दोलनमा उत्रिएपछि दुवै संस्थाको कार्यसम्पादन ठप्प भएको छ । आन्दोलनले धितोपत्र दर्तादेखि बजार नियमनसम्मका सबै प्रक्रिया प्रभावित भएका छन्, जसले लगानीकर्ता र पुँजी बजारमै गम्भीर प्रभाव पार्न […]
काठमाडौँ, असोज २७ गते । भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सात जनाविरुद्ध ८१ लाख ५३ हजार ६५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार घर्तीसहित उक्त नगरपालिकामा ईन्जिनियर पदमा कार्यरत मोहन मल्ल, सामाजिक विकास अधिकृत अनिश साह, कानुन अधिकृत प्रकाश कुमार शाही, […]
धनगढी, असोज २७ गते । चाडपर्व खर्च, पोशाक र महङ्गी भत्ता माग्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित भएका छन् । चाडपर्व खर्चसहित महङ्गी भत्ता र पोशाक नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । भत्ता पाउनु पर्ने माग राख्दै कर्मचारीले आज सामाजिक विकास मन्त्रालयको मूलगेटमा पुगेर प्रदर्शन गरेका छन् । भत्ता भुक्तानी नभएमा […]
काठमाडौं, असोज २७ गते । लामो समयदेखि प्रतीक्षा गरेका नेपाली विद्यार्थी विपीन जोशी अब जीवितै फर्कने आशा निराशामा परिणत भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी र टाइम्स अफ इजरायलले जोशी जीवित नरहेको समाचार प्रकाशन गरेका छन् । टाइम्स अफ इजरायलको समाचारमा भनिएको छ, ‘‘इजरायल र हमासबीच जारी युद्धबीच हमासले आज चारजना मृत बन्दीको नाम […]
बागलुङ, असोज २७ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा महिला स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् । जैमिनी नगरपालिका र रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा सञ्चालित शिविरमा एक हजार एक सय ३६ जना आँखाका बिरामी र दुई सय ३९ जना महिला स्वास्थ्यसम्बन्धी बिरामीले सेवा लिएका हुन् । […]