alliance khabar

सोमबार, कार्तिक १७, २०८२

ताप्लेजुङ, कात्तिक १७ गते ।

 किराँत धर्मावलम्बीका महागुरु तथा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङमा भव्यरुपमा मनाउने तयारी गरिएको छ । कात्तिक २५ गते महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती भव्यरुपमा मनाउने तयारी गरिएको हो ।

किरातीहरुको धार्मिक संस्था किराँत धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङले लिङ्देनको जन्मजयन्ती मनाउने भएको हो । सङ्घका जिल्ला अध्यक्ष कर्ण पालुङ्वाका अनुसार धार्मिक गतिविधिसहित विभिन्न कार्यक्रम गरी महागुरु लिङ्देनको जन्मजयन्ती मनाउन लागिएको हो ।

लिङ्देनको जन्मजयन्ती मनाउने भएसँगै तयारीलाई तिब्र पारिएको अध्यक्ष पालुङ्वाले जानकारी दिनुभयो । उहाँका अनुसार फुङ्लिङ बजारनजिक बिहीबारेमा रहेको किरात माङ्हिम (मन्दिर) परिसरमा जन्मजयन्ती कार्यक्रम मनाइने भएको छ । राष्ट्रिय विभूति एवम् महागुरु लिङ्देनको जन्म वि.सं १९४२ कात्तिक २५ गते इलामको इभाङ चुक्चिनाम्बा गाउँमा भएको थियो ।

किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवम् समाज सुधारका कार्यमा लिङ्देनले महत्वपूर्ण योगदान गर्नुभएको थियो । उहाँको सोही योगदानको मूल्याङ्कन गरी सरकारले २०६६ मङ्सिरमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । लिङ्देनको ताप्लेजुङसहित पूर्वका पाँचथर, इलाम, तेह्रथुम लगायतका जिल्लामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल