विशेष महाधिवेशनको ‘ब्याक गियर’ लाग्दैन : महामन्त्री शर्मा

उदयपुर, मङ्सिर ९ गते ।  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया ‘ब्याक गियर’ नलाग्ने स्पष्ट गर्नुभएको छ। उदयपुरको गाइघाटस्थित आगजनीमा परेको काँग्रेस जिल्ला कार्यालयको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले पार्टी विधानले विशेष महाधिवेशन दर्ताको व्यवस्था गरे पनि फिर्ता गर्ने दफा ठोस रूपमा उल्लेख नभएकाले निर्धारित प्रक्रियाअनुसारै अघि बढ्नुपर्ने बताउनुभयो। महामन्त्री शर्माले दुई महामन्त्री […]

प्रतिनिधिसभा निर्वाचनका लागि ८० दल दर्ता

काठमाडौँ, मङ्सिर ९ गते । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० दल दर्ता भएका छन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मङ्गलबारसम्म ८० वटा राजनीतिक दलले दल दर्ताको निवेदन पेस गरेका छन् । आयोगमा सोमबारसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ […]

एनपिएल : काठमान्डुको दोस्रो जित, लुम्बिनी २२ रनले पराजित

काठमाडौँ, मङ्सिर ९ गते । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले हरायो । जितका लागि एक सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३५ रनमा समेटिएको थियो । लुम्बिनीका लागि […]

टी–२० विश्वकप : नेपाल कठिन समूहमा

काठमाडौँ, मङ्सिर ९ गते । आगामी वर्षको फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकपमा नेपाल कठिन समूहमा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मङ्गलबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘सी’ मा परेको हो । समूह ‘सी’ मा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ […]

कागेश्वरी मनोहरा नगर अस्पतालद्वारा पदपूर्ति सम्बन्धी महत्वपूर्ण सूचना प्रकाशित

काठमाडौँ ,मंसिर ८ गते। कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गतको कागेश्वरी मनोहरा नगर अस्पतालले पदपूर्तिसम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। अस्पतालले मिति २०८२/०७/२० मा प्रकाशित सूचनाअनुसार पदपूर्तिका लागि सिफारिस हुने उम्मेदवारहरूको छनोट प्रक्रियामा प्रयोग हुने मूल्यांकनका आधारहरू अस्पतालको आधिकारिक वेबसाइटमा प्रकाशन गरिएको जानकारी गराएको हो। अस्पतालले वेबसाइट hospital.kageshworimanoharamun.gov.np मा मिति २०८२/०८/०८मा अपलोड गरिएको विवरण हेरी पदपूर्ति प्रक्रियाबारे […]

निर्वाचनका लागि ६४ राजनीतिक दल दर्ता

काठमाडौँ, मङ्सिर ९ गते ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही […]

आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

जनकपुर, मङ्सिर ९ गते । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा मङ्गलबार देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर […]

चार महिनामा सात प्रतिशत मात्र

मकवानपुर, मङ्सिर ९ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा कुल बजेटको सात प्रतिशत हाराहारीमा खर्च गरेको छ । गत आवको पहिलो चार महिनाको अनुपातमा प्रदेश सरकार प्रतिशतका आधारमा बजेट खर्चमा चालु आवको चार महिनामा कमजोर देखिएको हो । पुँजीगततर्फको बजेट खर्च यो अवधिमा चार प्रतिशतभन्दा कम रहेको छ […]

निर्वाचन गराउन पाँच अर्ब उपलब्ध

काठमाडौँ, मङ्सिर ९ गते ।  अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि करिब पाँच अर्ब रुपियाँ उपलब्ध गराएको छ । “निर्वाचन गराउन हामीले सात अर्ब माग गरेका थियौँ । तत्काल चार अर्ब ९६ करोड बजेट प्राप्त भयो । अरू आवश्यक भए माग गर्न सकिने भनिएको छ,” निर्वाचन आयोगका प्रवक्ता […]

पानीको मूल्य बढी लिन नपाइने

काठमाडौँ, मङ्सिर ९ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानी बोतल (प्रोसेसिङ ड्रिङकिङ वाटर) को लेबलमा उल्लेख अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी लिएमा कारबाही हुने जनाएको छ । विभागले होटेल तथा रेस्टुराँले रेस्टुरेन्टमा राखिएका मेनुमा सिलबन्दी भएका बोतलमा उल्लेख गरिएको एमआरपीभन्दा बढी मूल्य उल्लेख गरेर लिने गरेको पाइएकाले अब त्यस्तो गरेको पाइएमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल