काठमाडौँ, मङ्सिर १५ गत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल पुस २५ गतेबाट सुरु गर्ने भएको छ । एन्फा कार्यसमितिको सोमबार बसेको आपत्कालिन बैठकले राष्ट्रिय लिग पुसमा गर्ने निर्णय गरेको हो । यस्तै बैठकले शहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय पनि गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको बैठकले राष्ट्रिय लिग […]
बागलुङ, मङ्सिर १५ गते । बागलुङमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा सोमबार गण्डकी प्रदेश प्रहरी, बेनी नगरपालिका र पैयुँ गाउँपालिका विजयी भएका छन् । सोमबार बिहान भएको खेलमा बेनी नगरपालिकाविरुद्द जैमिनी नगरपालिका खेलमै उपस्थित नभएपछि बेनी नगरपालिका स्वतह बिजयी भएको हो । त्यस्तै सोमबार दिउसो भएको खेलमा प्रहरीले गलकोट नगरपालिकालाई ट्राइबेकरमा २–४ गोलले पराजित गरेको हो । […]
काठमाडौँ, मङ्सिर १५ गते । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा पदका उम्मेदवारले काउन्सिल सुधार गर्ने प्रतिवद्धता गरेका छन् । स्वास्थ्य खबर फाउन्डेसन र हेल्थ कन्सर्नको आयोजनामा नेपाल मेडिकल काउन्सिल : ‘नवीन नेतृत्व, नयाँ दृष्टिकोण’ शीर्षकमा अन्तरसंवाद कार्यक्रममा काउन्सिलको उपाध्यक्षमा पदका उम्मेदवारले काउन्सिल सुधार गर्ने प्रतिवद्धता गरेका हुन । आगमी पुसमा हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि उपाध्यक्ष पदका […]
पाटन (ललितपुर), मङ्सिर १५ गते । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि तीन दिनसम्म बस्नेगरी महाधिवेशको मिति तोकेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । गत असोज २८ गतेदेखि जारी केन्द्रीय समितिको […]
काठमाडौँ, मङ्सिर १५ गते । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि क्रियाशील सदस्य तथा नयाँ क्रियाशील सदस्य मङ्सिर २० गतेभित्र वितरण गर्ने निर्णय भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको तथा बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार कांग्रेसको १५ औं महाधिवेशन आगामी […]
काठमाडौँ, मङ्सिर १५ गते । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधान अनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले आज २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन प्रदेश प्रमुख यादवको नाममा परमादेश जारी गरेको हो । “मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशीघ्र टुङ्गो […]
काठमाडौँ, मङ्सिर १५ गते । नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो । द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको […]
जमुनाह (बाँके), मङ्सिर १५ गते । अब स्तन जोगाएर पनि क्यान्सरको उपचार गर्न सकिने भएको छ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा यस्तो प्रविधि सुरु गरिएको हो । पहिले स्तन क्यान्सर भएपछि स्तन काटेर शल्यक्रिया गर्ने गरिन्थ्यो । अहिले भने स्तन जोगाएर उपचार गर्ने आधुनिक प्रविधि विकास भएको छ । यसलाई मेडिकल भाषामा ‘ब्रेस्ट कन्जर्भिङ सर्जरी’ भनिन्छ । […]
सिरहा, मङ्सिर १५ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ–नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ । धनगढीमाई–१३ को सेल्फीडाँडाको रूपमासमेत परिचित […]
काठमाडौँ, मङ्सिर १५ गते । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक […]