रामपुर (पाल्पा), ३० कात्तिक : देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ । तिहार अर्थात भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका–३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ । समाजले गाउँ–गाउँमा देउसीभैलोमार्फत मौलिकता […]
अछाम, ३० कात्तिक : अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि […]
गलकोट, ३० कात्तिक : बागलुङको दमेकमा जन्मेर बागलुङ बजारलाई कर्मथलो बनाइराख्नुभएका टेकबहादुर क्षेत्रीको पेसागत आबद्धता अफसेट प्रेस हो । कला, संस्कृतिसँग विशेषगरी भजन संरक्षणमा युवापुस्ताको चासो नदेखिएपछि क्षेत्रीको फुर्सदको समय भजन गाउँदैमा बित्न थाल्यो । उहाँले विभिन्न मठमन्दिर, चौरासी पूजा, व्रतबन्ध र कहिलेकाहीँ कालिका मन्दिरमा गएर भजन गाउन थाल्नुभयो । अहिले तिनै क्षेत्रीकै अगुवाइमा जिल्लामा […]
इनरुवा (सुनसरी), ३० कात्तिक : सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिनुभयो । दुर्घटनामा सोही […]
काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने […]
राँझा (बाँके), २८ कात्तिक : जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । “सबैजसो बिरामी निको […]
गोरखा, २८ कात्तिक : गोरखाको पालुङटार नगरपालिकामा बडहरे खोला मोटरेवल पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ६ गाईखुर र वडा नम्बर ७ च्याङ्ली जोड्ने मोटरेवल पुल शिलान्यास भएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो । तनहुँको विमलनगर, पौवाटार गोरखाको ठाँटीपोखरी केराबारीअन्तर्गत पर्ने […]
लुम्बिनी, २८ कात्तिक : रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो । पहिले समूहमा आबद्ध भएर काम गरेकी उहाँले अहिले आफैँ रेसुङ्गा बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेर कृषि व्यवसाय गर्दै आउनुभएको छ । यस वर्ष चार कट्ठा क्षेत्रफलमा पुष्प खेती गरेको उहाँले जानकारी दिनुभयो । यस वर्ष तिहार […]
दमौली, २८ कात्तिक : तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण गरी पाल्न सहज हुने भएकाले सो प्रजातिको बाख्रालाई प्राथमिकता दिएको हो । अनुसन्धान केन्द्रले खरी, बोयर, बारबारी, सिन्हान र सानन जातका बाख्रामा अनुसन्धान […]
म्याग्दी, २८ कात्तिक : मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो । चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका […]