नेपालगञ्ज, २ पुस : बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायको पढाइ थालिएको हो । विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायका अनुसार तेह्र विद्यार्थी भर्ना भए पनि […]
काठमाडौँ, २ पुुस : त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ । समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिनुभयो । समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने उहाँले बताउनुभयो । यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल […]
गण्डकी, २ पुस : पर्यटकीय नगरी पोखराको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि नै छोरी बुहारीको अध्ययनको थलो बन्दै आएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट क्याम्पस स्थापना गरी सञ्चालनमा आएसँगै यस क्षेत्रका छोरी बुहारीलाई शिक्षा आर्जनमा सहज भएको हो । गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले […]
रामपुर (पाल्पा), २ पुस : पाल्पाको रामपुरस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीले रु दुई लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्वसहसचिव तथा यस विद्यालयका पूर्वविद्यार्थी एवं शिक्षक मधुसुदन पोखरेलले हजुरबुबा लोकनाथ र बुबा ज्ञानेश्वर पोखरेलको नाममा रु दुई लाख एक हजार एक सय ५५ बराबरको रकम सहयोगस्वरुप अक्षयकोष स्थापना गर्न विद्यालयलाई सहयोग गर्नुभएको छ […]
म्याङलुङ (तेह्रथुम), २ पुुस : तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन । पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर सात÷आठ घण्टाको बाटो हिँडेर तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे […]
ढोरपाटन (बागलुङ), २ पुस : बागलुङका गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह उपलब्ध गराइएको छ । गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गर्नुभएको हो । बस्नेत परिवारले रु आठ लाख बढीको विद्युतीय शवगृह नगर अस्पताललाई सहयोग गरेको हो । गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले यसअघि विद्युतीय […]
मकवानपुर, १ पुस : बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्माको फोक्सोमा निमोनिया सङ्क्रमण देखिएकाले काठमाडौँको चावहिलस्थित हेल्पिङह्यान्डस् अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको प्रदेशप्रुमखको स्वकीय सचिवालयले जनाएको छ । प्रदेशप्रमुख शर्मा केही दिनदेखि ज्वरोले थलिनुभएको थियो । केही दिनको उपचारपछि पुस ३ गते अस्पतालबाट स्वास्थ्यलाभ गरी ‘डिस्चार्ज’ हुने उहाँका स्वकीय सचिव पारशमणि फुँयालले बताउनुभयो […]
काठमाडौँ, १ पुस : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ । आज एक दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक दुई हजार २२ दशमलव ३५ अङ्कको बिन्दुमा कायम भएको हो । आज दुई सय ९५ कम्पनीको एक करोड ७१ लाख ६६ हजार चार सय ६५ कित्ता […]
सर्लाही, १ पुस: सर्लाहीको हरिपुर्वा नगरपालिका– २ मा निर्मित पन्ध्र शय्याको नगर अस्पताल भवन निर्माण भएको लामो समय भइसक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गर्नुभएको सो अस्पताल निर्माण भएको डेढवर्ष हुँदासमेत प्रयोगमा नआएको हो । अस्पताल सञ्चालनमा नआउँदा आफ्नै ठाउँमा अस्पताल भएर […]
महेन्द्रनगर (कञ्चनपुर), १ पुस : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट तीन सय चार सेवाग्राही लाभान्वित भएका छन् । उक्त शिविर शुक्लाफाँटा–१० झलारीस्थित स्वास्थ्य चौकीमा वडा कार्यालयले आयोजना गरेको हो । स्वास्थ्य शिविरमा छाला, आँखा, हाडजोर्नीलगायत सम्बन्धि रोगको उपचार गरिएको थियो । स्वास्थ्य चौकीका सिनियर अहेब लोकेन्द्र ऐरीका अनुसार दुई सय १५ जनाको आँखा परीक्षण […]