लुम्बिनी, ४ चैतः तिलोत्तमा व्यापार सङ्घले आगामी तीन वर्षका लागि कार्ययोजना तयार गरेको छ । उद्योगी–व्यवसायीका समस्या, अधिकारका विषयमा केन्द्रित रहेर कार्ययोजना तयार गरिएको सङ्घका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले राससलाई जानकारी दिनुभयो । कार्ययोजनअनुसार ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नगरपालिको अभियानमा व्यापार सङ्घले सघाउने छ भने सदस्यता विस्तार गरेर तीन हजार सदस्य बनाइने छ । सङ्घमा आबद्ध […]
काभ्रेपलाञ्चोक, ४ चैत : खानेपानी, सरसफाइ एवं पर्यावरणीय स्वच्छता मापदण्डका दश सूचक पूरा गरेका काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाको पाँच सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ विद्यालयका रूपमा परिचित भएका छन् । गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा सञ्चालित ‘भविष्यको लागि आधार’ परियोजनाअन्तर्गत सूचक पूरा गर्ने ती विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गरिएको छ । ‘थ्री स्टार’द्वारा परिचित विद्यालय माध्यमिकस्तरका हुन् । […]
तुलसीपुर (दाङ), ४ चैत : दाङमा जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल गठन गरिएको छ । उहाँले विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दङ्गीशरण गाउँपालिकामा एक गरी तीन सामुदायिक विद्यालयमा किशोर–किशोरी सञ्जाल गठन गरिएको हो । दाङका अन्य विद्यालयमा पनि यो सञ्जाल गठन गर्ने दलित महिला सङ्घ दाङका अध्यक्ष युवा कराराले […]
खोटाङ, ४ चैत : जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिबार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन् । गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र […]
ढोरपाटन (बागलुङ), ४ चैत: एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन । भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ । धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै […]
पथरी (मोरङ), ४ चैत : मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ । मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, […]
पर्वत, ३ चैत : दैनिकजसो जोखिमयुक्त फोहर जलाउँदा दुर्गन्ध फैलिएपछि पर्वत अस्पतालमा नयाँ प्रविधिवाट फोहर व्यवस्थापन गर्न थालिएको छ । जोखिमयुक्त फोहर जलाउँदा धुँवाले दुर्गन्ध फैलिने, कन्टेनरमार्फत डम्पिङसाइडसम्म लैजाँदा बजार क्षेत्रमा सङ्क्रमण फैलिनेजस्ता समस्या भएपछि नयाँ मेसिन भित्र्याएर व्यवस्थापन गर्न थालिएको हो । अहिले अस्पतालको फोहर ‘अटो क्लेप्स’ मेसिनमार्फत नष्ट गर्न थालिएको छ । दैनिकजसो […]
राँझा (बाँके), ३ चैत : नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुर, वडा नं ८ को बालापुर र वडा नं ९ को ढकेरीक्षेत्रमा परीक्षण परियोजनाको रुपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइको योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल […]
जलेश्वर (महोत्तरी), ३ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गर्नुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आइपुग्नुभएका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गर्नुभएको हो । राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा […]
काठमाडौँ, ३ चैत : नेपालस्थित ‘द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपाल’को आयोजनामा बुधबारदेखि काठमाडौँमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुँदैछ । ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष ः सांस्कृतिक विविधताको उत्सव’ नारासँगै १३औँ संस्करणको उक्त महोत्सव यही चैत ७ देखि १० गतेसम्म हुन लागेको हो । “युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० […]