मुस्ताङका सबै नाका बन्द,पाँच जनाको मृत्यु

म्याग्दी, असार २४ गते । लगातारको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङका सबै नाका बन्द भएका छन् । मुस्ताङका लागि पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडकमार्फत जोडिने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङ जिल्ला नाकाबन्द जस्तै भएको छ । बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोरमा रघुगङ्गा गाउँपालिका–२, बैसरीमा सडकमाथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको छ । बिहीबारदेखि […]

बागमतीका पाँच मन्त्रीले राजीनामा दिँदै

हेटौँडा, असार २४ गते । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका तर्फबाट मन्त्री भएकाहरूले आज सोमबार राजीनामा दिने भएका छन् । सङ्घमा भएको सत्ता समीकरण परिवर्तन भएर नेपाली काँग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै यस प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् । नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको १३ सदस्यीय मन्त्रीमण्डलमा एमालेका तर्फबाट पाँच जना […]

महिना दिन नबित्दै तरकारीको मूल्य दोब्बरले वृद्धि

काठमाडौँ, असार २४ गते । “कमाइ बढ्दैन महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै गाह्रो भयो । थोरै कमाइ हुनेले  तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिरहँदा कालीमाटी तरकारी बजारभित्र भेटिनुभएकी विमला सुुवेदीको अनुहार मलिन देखिन्थ्यो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, […]

अपाङ्गतामैत्री छैनन् सरकारी कार्यालय भवन

हुम्ला, असार २४ गते । जिल्लास्थित कुनै पनि सरकारी कार्यालय अपाङ्गतामैत्री नभएपछि सेवाग्राहीलाई सेवा लिनै सकस हुने गरेको छ । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिने समयमा अपाङ्गता भएका सेवाग्राहीको समस्याबारे ख्याल नगरिएका कारण अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन सकस भएको हो । सिमकोट गाउँपालिका–५ का धनलाल कामी बैसाखीको भरमा हिँडडुल गर्नुहुन्छ । व्यक्तिगत काम होस् […]

आइपिओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ

काठमाडौँ, असार २४ गते । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । यही असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपियाँ ८० पैसामा ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । बुक बिल्डिङ विधिको मापदण्ड अनुसार न्यूनतम ५० कित्ताका लागि प्रत्येक आवेदकले कम्तीमा ४१ […]

आजको राशिफल २०८१ असार २४ – 08 July, 2024, सोमबार

मेष– मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । वृष– काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला […]

सुन तोलाको १ लाख ४५ हजार ४ सय

काठमाडौं : आज नेपाली बजारमा सुनचाँदीको मूल्यमावृद्धि भएको छ। आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको हो। आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।  शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। पाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको […]

गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

नवलपुर, असार २३ गते : लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । बिहान ९ गते ब्यारेजमा ३ लाख ९५ हजार क्युसेक पानीको प्रवाह छ । पानीको बहाव उच्च भएपछि २ लाख ६० हजार क्युसेक […]

जङ्गली च्याउ खाँदा तीन बालिका बिरामी

तनहुँ, असार २३ गते : जङ्गली च्याउ खाँदा तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा एकै घरका तीन जना बालिका शनिवार बिरामी भएका छन् । वर्ष ६ की लीलामाया बिक, वर्ष ४ की कमला बिक र वर्ष १५ की अनिता बिक बिरामी हुनुभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो । शनिवार दिउँसो ३ः१०  जङ्गली […]

डेंगु सङ्क्रमित सङ्ख्या ११ हजार ८६५ पुग्यो

हेटौँडा, असार २३ गते : बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि असार २१ गते शुक्रवारसम्म प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार ८६५ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा छ जना डेंगु सङ्क्रमित थपिएका छन् । चालु […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल