काठमाडौँ, २८ असोज : आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना […]
कास्की, २७ असोज : तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही रु एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने […]
खोटाङ, २७ असोज : दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो पहिलो भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना गरेको सो प्रतियोगितामा दिक्तेल डोजोले १५ स्वर्ण, १३ रजत र १९ कास्य पदक प्राप्त गरेको हो । तीन स्वर्ण, तीन रजत र सात […]
फुङ्लिङ (ताप्लेजुङ), २७ असोज : फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापहो लालीखर्क । विगतका वर्षहरुमा लालीखर्क क्षेत्र पर्यटकको भरिभराउ हुन्थो । तर अहिले किवीको बोट झाङ्किएर लालीखर्क भरिभराउ भएको छ । सरमुकाम फुङ्लिङ बजारदेखि सुकेटार विमानस्थल हँुदै लालीखर्क भएर सडक विस्तार भएसँगै […]
रामपुर (पाल्पा), २७ असोज : ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हँुदै गएको बताउनुहुन्छ, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा । “जवानी उमेरमा दिनभर बारीमा साथीहरुसँग कोदो […]
कञ्चनपुर, २६ असोज ः दसैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तल पाएका छैनन् । स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन । “म्याद थपका लागि वडा कार्यालयमा जाँदा नगरपालिकामा जान भन्छन”, चौध वर्षदेखि करार पदमा कार्यत स्वास्थ्यकर्मी बसन्त धामीले भन्नुभयो, “नगरपालिका गए वडा कार्यालय जान भन्छन्, […]
नेपालगञ्ज, २६ असोज ः बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भन्नुभयो, “सामान अधिकांश जलेर नष्ट […]
काभ्रेपलाञ्चोक, २६ असोज ः काभे्रपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा ३१ हजार सात सय ४२ नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा उपचार सेवाका प्रकार बढ्दा सेवा लिनेको सङ्ख्या विगत वर्षहरुमा भन्दा करिब दोब्बरले बढेको चालु वर्षका वार्षिक कार्यक्रम […]
कर्णाली, २६ असोज ः कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गर्नुभएको हो । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गर्नुभयो […]
मन्थली (रामेछाप), २५ असोज : जिल्लाको खाँडदेवी गाउँपालिका–३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो । बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण […]