अस्पतालमा ३५ लाखको सौन्दर्यकरण परियोजना निर्माण

कुश्मा (पर्वत), कात्तिक २१ गते : पर्वत जिल्ला अस्पतालले स्वास्थ्य सेवाको सुधारसँगै सौन्दर्यता परियोजना ल्याउने भएको छ । जिल्ला अस्पतालको मुहार फेर्नका लागि अन्तर्राष्ट्रिय पर्वत समाजले ३५ लाख रकमको आर्थिक जोह गरी परियोजना निर्माण गरेको हो । सौन्दर्यकरण परियोजनाअन्तर्गत अस्पतालको हाताभित्र चिल्ड्रेन पार्क र प्रतीक्षालय सहित सुन्दर बगैँचा निर्माण, चौतारी चिन्ने, कलात्मक ढुङ्गे धारा निर्माण, बुद्धको […]

दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते

मलेखु (धादिङ), कात्तिक २१ गते : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]

बोटबाटै सुन्तला बिक्री हुन थालेपछि कृषक उत्साहित

कावासोती, कात्तिक २१ गते : नवलपुरमा बोटबाटै सुन्तला बिक्री हुन थालेपछि कृषक उत्साहित बनेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खरिदका लागि व्यवसायी बगैँचामै पुग्न थालेका छन् । अहिले किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षहरूमा बजारका समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने हुँदा किसानलाई […]

काम विहीन बन्यो प्रहरीको विधि विज्ञान एकाइ

धम्बोझी, कात्तिक २० गते ।  अनुसन्धानका लागि महत्त्वपूर्ण मानिने नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगन्जमा जनशक्तिको अभाव देखिएको छ । सुरुवाती चरणदेखि प्रयोगशालाले दैनिक काम गर्नका लागि महत्त्वपूर्ण मानिने जनशक्ति, उपकरणजस्ता कुरामा समस्याको सामना गर्दै आइरहेको छ । जसले गर्दा कामलाई समेत प्रभावित गर्ने गरेको छ । स्थापनाको सुरुवाती चरणबाटै प्रयोगशालामा जनशक्ति […]

प्रदेश सरकारका बहुवर्षीय योजना अलपत्र

हेटौँडा, कात्तिक २० गते ।  बागमती प्रदेश सरकार गठन भएपछि पहिलो कार्यकालबाट सुरु भएका बहुवर्षीय आयोजना अलपत्र र अधुरा रहेका छन् । सडक, भवन, कृषिलगायत क्षेत्रका बहुवर्षीय आयोजना प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएर दोस्रो वर्ष सकिन लाग्दासमेत अलपत्र अवस्थामा छन् । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्रदेश सरकारको ठुलो लगानी भइसक्दा […]

माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र मर्मत गरी उत्पादन गरिने

दोलखा, कात्तिक २० गते । असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ को लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले छिट्टै विद्युत् उत्पादन गर्न लागेको छ ।  क्षतिको पुनर्निर्माण गर्न अधिक समय लाग्ने भएकाले मर्मत गरी रन अफ दी रिभर मोडलमा यही कात्तिकको तेस्रो सातासम्म आंशिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य […]

ह्यारिस र ट्रम्पबिच कडा प्रतिस्पर्धा

काठमाडौँ, कात्तिक २० गते ।  विश्व शक्तिराष्ट्र अमेरिकामा राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन मङ्गलबार सम्पन्न हुँदै छ । निर्वाचनको प्रमुख दिन नोभेम्बर ५ अर्थात् मङ्गलबार राष्ट्रपति चयन गर्न अमेरिकी नागरिक तम्तयार देखिएका छन् । अमेरिकी इतिहासमा ४७ औँ राष्ट्रपति चयन गर्ने निर्वाचनमा १६ करोड ६४ लाख मतदाताले मतदानमा भाग लिँदै छन् । विभिन्न राज्यमा शृङ्खलाबद्ध […]

असिना पानीले किसानको खेतीमा क्षति

रुकुम पश्चिम, कात्तिक २० गते । रुकुम पश्चिमको विभिन्न स्थानमा असिना पानी परेको छ । सोमबार बेलुका परेको असिना पानीको कारण किसानले लगाएको गहुँ, तोरी र फलफूल खेतीमा क्षति पुगेको किसानहरूको भनाई छ । त्रिवेणी गाउँपालिका ७ राजकोटकी रामसरा खड्काले भर्खरै लगाएको गहुँ खेती असिना पानीले बगाएको बताउनुभयो । उहाँले ठुलो मात्रामा परेको पानीले धान […]

छठ पर्व आजदेखि विधिपूर्वक सुरु

महोत्तरी, कात्तिक २० गते । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी,  गौशाला, […]

२०८१ कार्तिक २० गते – 05, Nov, 2024, मंगलवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ