काठमाडौँ, कात्तिक २८ गते । विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको छ । विदेशमै रहेका पर्यटकलाई नेपाल भ्रमणमा सहजीकरण गर्ने भनेर अनलाइनबाटै सम्झौता गरी ठगी गरेको आरोपमा सुर्खेत बराहताल गाउँपालिका–३ घर भई अल्टिट्युड राइडर्स प्रालिका संस्थापक ४० वर्षीय विशु सिञ्जालीलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ […]
पाँचथर, कात्तिक २८ गते । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको मिक्लाजुङ गाउँपालिका केन्द्र रबि बजारबाट प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ–४ रबि बजार निवासी २६ वर्षीय बाबुराम आङदेम्बे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आङदेम्बेलाइ मिक्लाजुङ गाउँपालिका–४ रबि बजार स्थित एउटा घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको […]
काठमाडौं, कात्तिक २८ गते । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर युवाको भेलाले पार्टीमा रूपान्तरण आवश्यक परेको निष्कर्ष निकाल्दै तत्काल विशेष महाधिवेशन आह्वान गर्न नेतृत्वलाई आग्रह गरेको छ। काठमाडौँमा बिहीबार सम्पन्न भेलामा सहभागी युवा नेता तथा भ्रातृ–शुभेच्छुक संगठनका प्रतिनिधिहरूले मंसिरमै १५औँ महाधिवेशन सम्पन्न गर्न नसकेमा विशेष महाधिवेशनमार्फत पार्टीलाई रूपान्तरण गरी आगामी निर्वाचनतर्फ अघि बढ्नुपर्नेमा जोड दिए। […]
काठमाडौँ, कात्तिक २८ गते । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आ-आफ्नो सम्पत्ति विवरण बुझाउनु-भएको छ । प्रधामन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानीस महिला, बालबालिका तथा ज्येष्ठ नागरिकस वन तथा वातावरणस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनस श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कार्कीसहित अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत […]
काठमाडौँ, कात्तिक २७ गते । नेपाल सरकारले ओमान सरकारबाट पठाइएको श्रम सम्झौतापत्रलाई अन्तिम रूप दिन प्रक्रिया अगाडि बढाएको छ । नेपाल र ओमानबिच कूटनीतिक सम्बन्ध कायम भएको ४८ वर्षपछि श्रम सम्झौतालाई अन्तिम रूप दिन लागिएको हो । नेपाल र ओमानबिच विसं २०३४ मा कूटनीतिक सम्झौता भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री तथा […]
नारायणगढ, कात्तिक २७ गते । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका धार्मिक तथा सांस्कृतिक पर्यटनको हबका रूपमा विकास हुँदै गएको छ । यहाँ रहेका मन्दिर, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा र नारायणी नदी किनार धार्मिक तथा सांस्कृतिक पर्यटकीय हबका रूपमा विकास हुँदै गएका हुन् । गैँडाकोट नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे गैँडाकोटमा सबैभन्दा बढी मौलाकालिका मन्दिरमै धार्मिक […]
काठमाडौँ, कात्तिक २७ गते । सरकार र स्थानीयसँगको सहमतिसँगै बुधबारदेखि मेलम्चीको पानी पथान्तरण सुरु गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार राति दुई पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि एक हप्तादेखि अवरुद्ध पानी सुरुङमा पठाउन सुरु भएको हो । तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग १३ महिनाअघि भएको […]
दुई उद्योग एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगको नियमित महसुल नै भुक्तानी गरेका छैनन् भने उद्योग पनि पहिले नै बन्द थिए । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टले यसअघि नै भुक्तानी प्रतिबद्धता जनाएका कारण लाइन काटिएको थिएन । डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका कारण तत्काल समस्या टरे पनि यसको अन्तिम निरूपण भने […]
काठमाडौँ, कात्तिक २७ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७५ पैसा र बिक्रीदर १६४ रुपियाँ ४५ पैसा, युके पाउण्ड […]
काठमाडौँ, कात्तिक २७ गते । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।