पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो

बागलुङ, माघ २९ गते : सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख   रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी […]

मुस्ताङमा स्याउखेती विस्तार

गण्डकी, माघ २९ गते : गण्डकी प्रदेशमा एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त प्रविधिको स्याउखेतीमा आकर्षित भएका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्याउ बगैँचा विस्तारमा किसानलाई सघाउँदै आएको छ । मुस्ताङ […]

कोशी ब्यारेजको विकल्प खोजी

काठमाडौँ, माघ २९ गते ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठुलो क्षति हुन सक्ने भएकाले नयाँ पुलको प्रस्ताव गरिएको हो । कोशी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ […]

तीन हजार पाँच सय जनाको निःशुल्क मुटु जाँच

गोरखा, माघ २८ गते : यहाँ सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिनुभयो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई […]

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, माघ २८  गते :  प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ सांसद सन्तोष परियारले दलित समुदायमाथि हुने जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर अघि बढ्न माग गर्नुभयो । सांसद अब्दुल खानले गत वर्ष दुई हजार ५०७ जनामाथि बलात्कार भएको प्रहरीको तथ्याङ्क रहेको उल्लेख गर्दै प्रत्येक दिन तीनदेखि चार महिलाको बलात्कार […]

म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो

म्याग्दी, माघ  २८ गते :  म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलव ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले नयाँ बगैँचा विस्तार, अनुकूल मौसम र रोग […]

गुहाटीमा रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

पाटन (ललितपुर), माघ २८ गते । रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहितको विज्ञ टोली आज गुहाटी पुगेको छ । भारत आसामको गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन प्रमुख महर्जनसहित पर्यटन, संस्कृति समितिका संयोजक एवं वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठ, वडा ६ का वडाअध्यक्ष रूपेन्द्रराज शाक्य र वडा नं १९ का वडाअध्यक्ष […]

भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ,  माघ २८ गते :  राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिको तीव्र विकास र प्रयोगसँगै बदलिएका भ्रष्टाचारका तरिका र प्रवृत्तिलाई निस्तेज […]

स्वस्थ नगरवासीका लागि स्वास्थ्य बीमा अपरिहार्य – कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की

काठमाडौँ ,माघ २५ गते । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले स्वास्थ्य बीमालाई स्वस्थ नगरवासी निर्माणका लागि अपरिहार्य रहेको बताउनुभयो। नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्लाको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकाका भित्र काम गर्ने घरेलु कामदारहरूकोलागि” घरेलु कामदारका लागि विद्यमान राष्ट्रिय कानुन , अन्तर्राष्ट्रिय श्रम मापदण्ड, कार्यस्थलमा हुने हिंसा र उत्पीडन रोकथाम सम्बन्धी तालिम”को उद्घाटन कार्यक्रममा […]

प्रादेशिक महोत्सवमा ६ करोडको कारोबार

नेपालगन्ज, माघ २५ गते।  नेपालगन्जमा सञ्चालन भएको प्रादेशिक महोत्सव २०८१ मा ६ करोडको कारोबार भएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ। यही माघ १० गतेदेखि २३ गतेसम्म गरिएको सो महोत्सवमा ६ करोड भन्दा बढीको कारोबार भएको संघका अध्यक्ष टंकबहादुर धामीले बताउनुभयो। उहाँले अझै केही स्टलबाट कारोबारको जानकारी आउन बाँकी रहेकोले कारोबार भएको रकम बृद्धि हुने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ