लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ

नेपालगञ्ज, पुस ३ गते :  प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्रामाडोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ । जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ रु नौ लाख ३३ […]

चार लाख ६० हजार एचपीभी खोप नेपाल आइपुग्यो

काठमाडौं, पुस ३ गते : किशोरीलाई निःशुल्क लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप आउन सुरु भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेल अनुसार आगामी माघ २२ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियानका लागि पहिलो चरणमा चार लाख ६० […]

‘दीर्घरोगीले मर्निङवाक गर्नु घातक हुन्छ’

काठमाडौं, पुस ३ गते : चिसो बढ्दै जाँदा विभिन्न सर्ने तथा नसर्ने रोगले दुःख दिने गर्छ । जाडोमा बढ्ने प्रमुख स्वास्थ्य समस्यामध्ये मुटुरोग पनि एक हो । अन्य मौसमको तुलनामा जाडोमा मुटुको समस्याले बढी दुःख दिने चिकित्सक बताउँछन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ट मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई जाडोमा मुटुरोगको समस्याले अन्य बेलाको […]

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौँ,  पुस ३ गते : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वर्ल्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले […]

स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ

काठमाडौं, पुस ३ गते : काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित  शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा […]

सिमा अपराध र तस्करी पूर्णरुपमा नियन्त्रण गर्नु : गृहमन्त्री लेखक

लुम्बिनी, पुस २ गते : गृहमन्त्री रमेश लेखकले सिमा अपराध, तस्करी पुर्ण रुपमा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठिलाई मगंलवार भैरहवामा सम्वोधन गर्दै उहाँले सिमा अपराध, चोरी तस्करी नियन्त्रणमा कुनै बहाना बाजी स्विकार्य नहुने बताउनुभएको हो । गृहमन्त्री लेखकले अहिलेको  गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न […]

पेट्रोलियम पदार्थ अन्वेषण अन्तिम चरणमा

दैलेख, पुस २ गते : दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ अन्तिम चरणमा रहेको छ । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म तीन हजार ६६० मिटर ड्रिलिङ भइसकेको जानकारी दिनुभयो । उहाँले जेठ महिनाबाट सुरु गरिएको ड्रिलिङ मङ्सिर मसान्तसम्म सक्ने भए पनि कडा चट्टानका कारण […]

शिक्षा ऐन संशोधन र पारित गर्न सबै जिम्मेवार हुनुपर्छ : नेता महर

काठमाडौं, पुस २ गते : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षा ऐन संशोधन र पारित गर्न संसद् र सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक संघ र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आयोजना गरेको ‘प्रस्तावित शिक्षा विधेयक तथा समसामयिक शैक्षिक सवाल’अन्तक्रिया कार्यक्रममा प्रमुख महरले शिक्षा […]

रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड

गलकोट (बागलुङ) पुुस २ गते : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताउनुभएको छ । उहाँले अनुत्पादक क्षेत्रमा लगानी बढ्दा रोजगारीका अवसर सङ्कुचित भएका बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बागलुङ नगर कमिटीको आयोजनामा आज यहाँ भएको विचार गोष्ठीमा पूर्वअर्थमन्त्री पुनले रोजगारीका अवसर सृजना गरेर […]

जाखोर सिमसारमा चराको बासस्थान सुधार

धनगढी, पुस २ गते : कैलालीको धनगढी उपमहानगरपालिका-७ मा रहेको जाखोर ताल क्षेत्रमा चराको बासस्थानमा सुधार भएको छ । तालको जथाभावी दोहनलाई रोक्नुका साथै ताल क्षेत्रमा रहेको जलकुम्भी हटाइएपछि चराको बासस्थानमा सुधार भएको हो । केही वर्ष पहिले सो ताल क्षेत्रलाई पुरै जलकुम्भीले ढाकेको थियो । त्यहाँ रहेको जलकुम्भी हटाउनुका साथै जलीय वनस्पति र जीव […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल