एमाले सचिवालय बैठक : रावल साधारण सदस्यबाट हटाइए, पाण्डे र तिमल्सिनालाई ६ महिना निलम्बन

काठमाडौँ, पुस १० गते ।  नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता  पूर्व उपाध्यक्ष  डा. भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावल एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा पर्नुभएको छ । बुधबार दिउँसो पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्णय […]

उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन : औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

बुटवल, पुस १० गते । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलाले उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले मेला महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसँगै […]

भारतीय गायक सोनु निगम काठमाडौँमा

काठमाडौँ, पुस १० गते।  भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको हायात चौरमा हुने साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आउनुभएको छ। ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उहाँ काठमाडौँ आउनुभएको हो। उहाँ एयरइन्डियाको विमानमार्फत आज दिउँसो काठमाडौँ आइपुग्नुभएको हो। उहाँको १९ सदस्यीय साङ्गीतिक समूह ब्यान्ड मेम्बर भने आज बिहानै आएका थिए। नेपाली […]

दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं, पुस १० गते।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताउनुभएको हो। उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) समीकरणमा संसदको झन्डै दुई तिहाई बहुमतको सरकार बनेको बताउनुभयो। उहाँले यो सरकारले पनि आम […]

मौसम बदली : वर्षा कम, बुधबारदेखि सुधार हुने

काठमाडौँ, पुस ९ गते । नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । यद्यपि काठमाडौँ उपत्यकालगायत केही स्थानमा आज सामान्य वर्षा भएको छ । काठमाडौँमा पनि साँझ सामान्य पानी परेको […]

‘निजामती कर्मचारीको अवकाश उमेरबारे गहन छलफल होस’

काठमाडौं, पुस ९ गते ।  सांसदहरुले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ‘फास्ट ट्र्याक’मा लैजान जोड दिनुभएको छ । मंगलवार राज्य व्यवस्था समितिमा विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसदहरुले यस्तो जोड दिनुभएको हो । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्काले विधेयकमा प्रस्तावित संशोधनहरुलाई एकै पटक टुंग्याएर फास्ट ट्र्याकबाट […]

भूकम्पबाट छ सय चौरासी संरचनामा क्षति

धनगढी, पुस ९ गते । भूकम्पको धक्काबाट बाजुरामा निजी र सरकारी गरी ६८४ वटा भौतिक संरचना ध्वस्त भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सरकारी ६५५ र निजी २९ भौतिक संरचनामा पूर्ण क्षति भएको हो । शनिबार बिहान ४ः१४ बजे जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको […]

चिसो बढेपछि चौरमा परीक्षा

कालीकोट, पुस ९ गते ।  चिसो बढेपछि हिमाली जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । चिसोका कारण कालीकोटका सरकारी विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयका अर्धवार्षिक परीक्षा चिसोका कारण चौरमा सञ्चालन गर्नु परेको हो । कालीकोटको तापक्रम चार डिग्रीमा झरेको छ । चिसोले बिहान बेलुका आउजाउ गर्न पनि समस्या छ । पक्की भवनमा विद्यार्थीलाई राखेर परीक्षा सञ्चालन गर्दा बिरामी […]

स्थानीय तहमा बजेट निर्माण विधि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने संवैधानिक व्यवस्था छ । नेपालको राज्यशक्तिको प्रयोग यिनै तीन तहले संविधान तथा कानुनबमोजिम गर्ने प्रावधान छ । संविधानको अनुसूची–८ र ९ मा उल्लिखित विषय क्रमशः स्थानीय तहको एकल अधिकार तथा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार अनुसार राज्यशक्तिको बाँडफाँट गरिएको […]

कानुन परिमार्जन गर्ने सहमति

सुर्खेत, पुस ९ गते । कर्णाली प्रदेश सभाका सदस्य मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलक्षित कानुन परिमार्जन गर्न सहमत भएका छन् । उनीहरूले विभेदकारी कानुन परिमार्जन गर्ने र अपमानित शब्दावली खारेज गर्न पनि ऐक्यबद्धता जनाउँदै मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक अवसर प्रदान गर्न सहमति भएका हुन् । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल