दैलेख, पुस २२ गते । एक हप्ताअघिदेखि बेपत्ता भएका किशोरकिशोरी आइतबार मृत भेटिएका छन् । पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । कालिका माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका–४, मन्घरमा कक्षा १० मा अध्ययनरत मनसिंह विक र कक्षा ९ मा अध्ययनरत शर्मिला थापा एक हप्तादेखि बेपत्ता हुनुहुन्थ्यो । […]
काठमाडौँ, पुस २२ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई […]
हेटौँडा, पुस २२ गते । राष्ट्रिय दलित आयोगले गत आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष बुझाएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले प्रदेश प्रमुख देवकोटासमक्ष आयोगको प्रतिवेदन बुझाउनुभएको हो । आयोगका प्रवक्ता पुर्कुटीले संविधान, ऐन, कानुनमार्फत जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि जातीय आधारमा हुने सबै प्रकारका […]
काठमाडौँ, पुस २१ गते। राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठुलो अरू कुनै धर्म नभएको बताउनुभएको छ। मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रूपमा अपनाउनुपर्ने बताउनुभयो। मानवता र नैतिकतामा सङ्कुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले […]
सप्तरी, पुस २१ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका –७ बभनगामा टोलका हनुमानी भनिने रामबहादुर रजकले पैसा डबल गर्ने धन्दा चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पैसा डबल गरिदिने लोभ देखाउँदै दर्जनौं ब्यक्तिबाट करोडौं ठगी गरेको आरोपमा उनलाई आइतबार सप्तरी प्रहरीले पक्राउ गरेको हो । उनलाई आइतबार घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले […]
झापा, पुस २१ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं १ ले आइतबार मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा उहाँले कुनै पनि प्रधानमन्त्री लगातार पाँच वर्ष नटिक्ने अवस्था अन्त्यको विषय प्राथमिकतामा […]
काठमाडौं, पुस २१ गते । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै मुलुकको अर्थतन्त्रमा सुधार आएको बताउनुभएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा एमाले र नेपाली […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आएपनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, […]
काठमाडौँ, पुस २१ गते : गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्र गतिमा अघि बढेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा गृहमन्त्री लेखकले विपदबाट भएको क्षतिको मूल्याङ्कन र पुनःनिर्माण तीव्ररुपमा अगाडि बढ्ने बताउनुभएको हो । “डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले […]
काठमाडौं, पुस २१ गते : यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो । आज तीन सय २७ कम्पनीका ९३ लाख ८६ हजार सात सय २१ कित्ता सेयर […]